अफगानिस्तानका लागि अमेरिकी उच्च दूत जालमाई खलिलजादले राजीनामा दिने घोषणा छन्। खलिलजादले तालिबानसँग हुने वार्ताहरूमा अमेरिकाको नेतृत्व गर्दै आएका थिए।

अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता भएको दुई महिना पनि नहुँदै जालमाई खलिलजादले राजीनामा दिन लागेका हुन्।

अमेरिका अफगानिस्तान नीतिको “नयाँ चरणमा प्रवेश गर्न लागेकाले” आफूले पदबाट राजीनामा दिएको खलिलजादले बताएका छन्।

अफगान नागरिकहरूले अहिलेको अवस्था देख्नु परेकोमा आफू “दुःखी” भएको उनले उल्लेख गरेका छन्।

अफगानिस्तानमा जन्मेका सतरी वर्षीय खलिलजाद काबुलमा हुर्किएका थिए। उनी लामो अनुभव भएका अमेरिकी कूटनीतिज्ञ हुन्।

उनले पूर्वराष्ट्रपतिहरू डोनल्ड ट्रम्प, बराक ओबामा र जर्ज डब्ल्यू बुशको कार्यकालमा पनि काम गरेका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *