अमेरिकी प्रतिनिधि सभाका अध्यक्ष न्यान्सी पेलोसीको ताइवान भ्रमणको अफवाहले चीनलाई चिढाएको छ र अमेरीक लाई गम्भीर भूराजनीतिक विवादमा पारेको छ।

यो समस्या कति ठूलो छ?

चीनले न्यान्सी पेलोसीले आगामी हप्ता ताइवानको यात्रा जारी राखेमा अमेरीकाले यसको “गम्भीर परिणाम” भोग्ने चेतावनी दिएको छ।

सन् १९९७ पछि शिर्ष अमेरिकी राजनीतिज्ञको यो ताइवानको पहिलो भ्रमण हो ।

चीनले स्वशासित ताइवानलाई छुट्टै प्रान्तको रूपमा हेर्छ जुन अन्ततः फेरि देशको हिस्सा हुनेछ – र यो हासिल गर्न बल प्रयोगको सम्भावनालाई अस्वीकार गरेको छैन।

गत हप्ता, राष्ट्रपति जो बाइडेनले पत्रकारहरूलाई भने “सेनालाई यो राम्रो विचार हो जस्तो लाग्दैन”, तर उनको ह्वाइट हाउसले यस्तो कुनै पनि भ्रमणको बिरूद्ध चिनियाँ बयानबाजीलाई “स्पष्ट रूपमा असहयोगी र अनावश्यक ” भने।

पेलोसी किन ताइवान यात्रा गर्न चाहन्छिन्?

अमेरिकी जनता र अमेरिकी कांग्रेसले स्वतन्त्र ताइवानको बलियो समर्थन गर्दछ। र कांग्रेसमा ३५ वर्षको करियरमा, स्पिकर पेलोसी चीनको स्पष्ट आलोचक हुन्।

उनले चीनको मानवअधिकार रेकर्डको निन्दा गरेकी छिन्, प्रजातन्त्र समर्थक असन्तुष्टहरूसँग भेट गरिन्, र १९८९ नरसंहारका पीडितहरूको सम्झना गर्न तियानमेन स्क्वायरको भ्रमण पनि गरिन्।

पेलोसीको मूल योजना अप्रिलमा ताइवान भ्रमण गर्ने थियो, तर उनी कोरोन सङ्क्रमित भईन र भ्रमण स्थगित गरियो।

उनले यात्राको विवरण बताउन र यसको बारेमा छलफल गर्न अस्वीकार गरिन्, तर गत हप्ता भनिन् कि “ताइवानलाई समर्थन गर्नु हाम्रो लागि महत्त्वपूर्ण थियो”।

ट्रेन्डिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *