बंगलादेशका अर्थमन्त्रीको अन्तर्वार्ताले चीनसँग विवाद चर्कियो

बंगलादेशका अर्थमन्त्रीले चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत विकासशील देशहरूले थप ऋण लिनुअघि दुईपटक सोच्ने चेतावनी दिएका छन् । विश्व मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिदरका कारण ऋणमा डुबेका उदीयमान बजारहरु असहाय रहेको उनले बताए । बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमालले खराब कर्जा सर्तका कारण धेरै देश समस्यामा फसेकाले चीनले ऋणको मूल्याङ्कनमा अझ इमान्दारिता देखाउनुपर्ने बताएका…

बंगलादेशका अर्थमन्त्रीले चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत विकासशील देशहरूले थप ऋण लिनुअघि दुईपटक सोच्ने चेतावनी दिएका छन् । विश्व मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिदरका कारण ऋणमा डुबेका उदीयमान बजारहरु असहाय रहेको उनले बताए ।

बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमालले खराब कर्जा सर्तका कारण धेरै देश समस्यामा फसेकाले चीनले ऋणको मूल्याङ्कनमा अझ इमान्दारिता देखाउनुपर्ने बताएका थिए । श्रीलंकाको उदाहरण दिँदै मुस्तफा कमलले चिनियाँ लगानीका पूर्वाधार आयोजनाले राजस्व उठाउन नसकेकाले त्यहाँको आर्थिक संकट बढेको बताए ।

फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा मुस्तफा कमलले भने, ‘विश्वभरको वर्तमान अवस्थामा सबैले चिनियाँ परियोजनाका बारेमा दुई पटक सोच्नेछन् । सबैले चीनलाई दोष दिइरहेका छन् । यसमा चीन असहमत हुन सक्दैन। यो उसको जिम्मेवारी हो।”

बंगलादेशका अर्थमन्त्रीको यो अन्तर्वार्ताको बारेमा पछि स्पष्टीकरण पनि जारी गरिएको थियो। बंगलादेशका अर्थमन्त्रीका पीआरओ गाजी तौहिदुल इस्लामले १२ अगस्टमा फाइनान्सियल टाइम्सलाई एउटा पत्र पठाएको थियो, “हामी बंगलादेशको अर्थतन्त्रमा तपाईंको रिपोर्टको कदर गर्छौं। तर, तपाईको शीर्षक – ‘चीनको बीआरआई ऋणबारे बंगलादेशका अर्थमन्त्रीको चेतावनी’, अर्थमन्त्रीको वास्तविक के भन्न खोजेका हुन् त्यो झल्काउँदैन।

बंगलादेशका मन्त्रीको भनाइप्रति चीनको प्रतिक्रिया

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले सोमबार चिनियाँ विदेश मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई सोध्यो, ‘बंगलादेशका अर्थमन्त्रीले पत्र पठाएर आफ्नो अडान स्पष्ट गरेका छन् । फाइनान्सियल टाइम्सले रिपोर्टलाई तोडेर प्रस्तुत गरेको छ। मुस्तफा कमलले अरु देशबाट ऋण लिँदा कुनै पनि देशले दुईपटक सोच्नुपर्ने बताउनु भएको छ, चीनलाई निशाना बनाउने होइन । यो सम्पूर्ण विवादमा तपाईको प्रतिक्रिया के छ?

यस प्रश्नको जवाफमा वाङ वेनबिनले भने, ‘मैले यो प्रतिवेदन हेरेको छु। बंगलादेशका अर्थमन्त्रीलाई गलत अर्थ लाग्ने गरेर प्रस्तुत गरिएको छ। यसले बंगलादेश र चीनबीच आपसी विश्वास रहेको देखाउँछ। म फेरि पनि भन्न चाहन्छु कि सबैभन्दा ठूलो विकासोन्मुख देशको हैसियतमा चीन सबै विकासोन्मुख देशहरूसँग उभिएको छ। चीनको बीआरआईबाट सबै विकासशील देश लाभान्वित भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘विदेशी ऋण बढेको भनिएको देशमा चीनको ऋण कम छ भने अन्तर्राष्ट्रिय पूँजीबजार र पश्चिमा राष्ट्रहरुको प्रभुत्वमा रहेका वित्तीय संस्थाहरुको ऋण बढी छ । गत वर्ष सेप्टेम्बरमा, बंगलादेशको अर्थ मन्त्रालयले २०२१ को लागि विदेशी ऋणको तथ्याङ्क सार्वजनिक गरेको थियो। बंगलादेशको कुल ऋणको ५९ प्रतिशत विश्व बैंक र एसियाली विकास बैंकको छ र र चीनको ७ प्रतिशत मात्र छ।

Similar Posts

Leave a Reply

Your email address will not be published.