उत्तर प्रदेशका मन्त्री पूर्व क्रिकेटर चेतन चौहानको कोरोना सङ्क्रमण पछि मृत्यु

भारतका पूर्व क्रिकेटर तथा उत्तर प्रदेश राज्यका मन्त्री चेतन चौहानको कोरोना सङ्क्रमण पछि मृत्यु भएको छ ।

चेतन चौहानले भारतको तर्फबाट ४० टेस्ट र ७ एकदिवसीय खेल खेलेका थिए । उनी भारतीय क्रिकेटमा छनोट समितिका प्रमुख पनि रहेका थिए ।

चेतन चौहान अहिले भारतको उत्तर प्रदेश राज्यका मन्त्री थिए ।

कोरोना सङ्क्रमण पछि उनले उत्तर प्रदेशमैं उपचार गराउदै थिए तर अचानक उनको स्वास्थ्य अवस्था खराब भएपछि उनलाई गुरुग्राम को मेदान्ता अस्पताल मा भर्ना गरिएको थियो । उनको आज गुरुग्रामको मेदान्ता अस्पतालमा मृत्यु भएको हो ।

Total
2
Share