© एएनआई

भारतकाे लखीमपुर खेरी हिंसा प्रकरणको अनुसन्धान गरिरहेको एसआईटी टोलीले घटनाको प्रत्यक्षदर्शी र आरोपी सुमित जैस्वाललाई सोमबार गिरफ्तार गरेको छ। सुमित जैस्वाल घटना पछि भाइरल भएको भिडियोमा थारलाई कार बाहिर भागिरहेको देखिएको थियो ।

प्रहरीका अनुसार सत्यपाल त्रिपाठीबाट एक लाइसेन्स प्राप्त रिभल्भर र तीनवटा कारतूस पनि बरामद भएको छ, जुन पुलिसले जफत गरेको छ। पक्राउ पछि प्रहरीले उनीहरु सबैलाई सोधपुछ थालेको छ।

अक्टोबर ३ का दिन किसानहरु भारतकाे उत्तरप्रदश राज्यको लखीमपुर खेरीको टिकुनियामा उपमुख्यमन्त्री केशव प्रसाद मौर्य र गृह राज्यमन्त्री अजय मिश्रा तेनीको बिरोधमा भेला भएका थिए। आशिष मिश्रालाई यी किसानहरुमाथि अतिक्रमण गरेको आरोप छ। आशिष मन्त्री अजय मिश्राका छोरा हुन् र उनी आरोपहरुको खण्डन गर्दै आएका छन्।

अक्टोबर ३ मा भएको उक्त हिंसामा चार किसान र एक पत्रकार सहित आठ जनाको मृत्यु भएको थियो। मारिनेहरुमा आशिषका कार चालक र दुई भाजपा कार्यकर्ता रहेका छन्।

Leave a comment

Your email address will not be published. Required fields are marked *