संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित क्यालिकट विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।
प्रारंभिक जानकारी अनुसार दुइ पायलट सहित १४ जनाको ज्यान गएको छ । मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने जनाइएको छ ।
14 dead, 123 injured and 15 seriously injured in Kozhikode plane crash incident at Karipur Airport: Malappuram SP to ANI. #Kerala pic.twitter.com/QfFZxHDkVx
— ANI (@ANI) August 7, 2020
विमानमा चालकदलका सदस्यसहित १९१ जना भएको बताइएको छ।
क्यालिकट विमानस्थलमा अवतरणको क्रममा उक्त जेट दुर्घटनाग्रस्त भएको भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। स्थानीय समयानुसार साँझ सात ४० मा अवतरणको क्रममा दुर्घटना भएपछि उद्धारकार्य थालिएको थियो। सो क्षेत्रमा ठूलो वर्षा भइरहेको थियो।
Leave a Reply
View Comments