लद्दाखको गाल्भान उपत्यकामा भारत र चीनका सैनिकहरू बीचको हिंसात्मक मुठभेडको बारेमा भारत तथा विश्वका मीडिया हरुमा धेरै कुरा लेखिएका छन।

तर चीनको आधिकारिक मिडियाले उत्तरी हिमालयको गाल्भान उपत्यकामा जुन १५ को दिन भारत र चीनका सैनिकहरू बीच भएको हिंसात्मक भिडन्तको लागि भारतलाई दोष दिइरहेको छ।

चीनको आधिकारिक वक्तव्य बाहेक प्रायजसो मिडियाले द्वन्द्वको बारेमा प्रत्यक्ष टिप्पणी गरिरहेको छैनन। जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। सरकारी दैनिक अखबार ग्लोबल टाइम्सले भारतलाई चेताउनी दिएको छ, उसले भारतलाइ आफ्नो सेना सीमामा नियन्त्रणमा राख्न भनेको छ। ग्लोबल टाइम्सका अनुसार सैन्य मामिलामा चीन भारतभन्दा श्रेष्ठ छ।

भारतमा ट्वीटर जस्तै चीनमा वेइबो प्रयोग गरिन्छ। भारत र चीनका सैनिकहरू बीचको हिंसात्मक मुठभेड भारतमा ट्वीटरमा ट्रेंडिंग शीर्षकमा रह्यो तर चीनमा वेइबोको ट्रेंडिंग शीर्षकमा पर्न सकेन। तर केहि वेइबो प्रयोगकर्ताहरूले यस दुर्घटनामा चीनको मौनतामाथि प्रश्न उठाए र धेरैले भारतसंग बदला लिनुपर्ने प्रतिक्रिया दिए ।

मईको सुरुमा लद्दाखमा दुई देशका सिपाहीहरूका बीचमा धक्का – मुक्की ढुङ्गा प्रहारको घटना भएको थियो। चीनले सोमबार हिंसात्मक संघर्षको लागि भारतलाई जिम्मेवार ठहरायो।

ग्लोबल टाइम्सका एक रिपोर्टर वांग वेनवेन ले १६ जूनमा आफ्नो व्यक्तिगत ट्वीटर अकाउंट बाट ट्वीट गरेका थिए जसमा उनले लेखेका थिए हिंसक झड़पमा चीनका पाँच जवान मारिएको र ११ घाइते भएको बताएका थिए। तर उनले पछि त्यो ट्वीट मेटाए र नयाँ ट्वीटमा भने कि उनले यो भारतीय मिडियाबाट उद्धृत गरेका थिए।

global times reporter wang twit

ग्लोबल टाइम्सका सम्पादक हू शिजिनले ट्विटर र वेइबोमा गरेको पोस्ट का अनुसार चिनियाँ सेनाले झगडामा ‘क्षति’ पनि भोग्नु परेको छ तर कुनै संख्या भने दिएको छैन।

हु ले ट्वीटरमा लेखेका छन १७ घाइते भारतीय सैनिकले समयमै स्वस्थ्य सेवा नपाउदा ज्यान गुमाउनु पर्यो। यसबाट भारतको सेनामा आपतकालीन स्वास्थ्य ब्यबस्था को कमजोरी देखाउछ । यस पठारमा हाम्रा आधुनिक लडाकू क्षमता भएको सेना होइनन । भारतीय जनमतलाई शान्त रहनु आवश्यक छ।

१७ जूनमा वेइबो र ट्वीटर पोस्टमा हूले यस्तो लेखेका छन “चीनले आफ्नो सेनामा भएको नोक्सानको जानकारी भारतको फाइदा को लागि रोकेको हो। किनिकी यस जानकारीले उसको सार्वजनिक भावनालाई उक्साउन सक्छ।

तपाईको प्रतिक्रिया

Please enter your comment!
Please enter your name here