चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिम सीमाना नजिकैको समुन्द्रमा धेरै डोङफेङ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ।

ताइवानको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो । डोङफेङ मिसाइल चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले प्रयोग गर्छ। ताइवानको रक्षा मन्त्रालयले प्रक्षेपण पछि आफ्नो प्रतिरक्षा प्रणाली सक्रिय गरेको बताएको छ। साथै, उनले चीनको ‘गैरजिम्मेवार’ कदमले क्षेत्रको शान्तिमा खलल पुगेको बताए।

चिनियाँ सरकारी मिडियाले पनि मिसाइल प्रक्षेपणको पुष्टि गरेको छ। उनले पूर्वी थिएटर कमाण्डको रकेट फोर्सले ताइवानको पूर्वी भागमा मिसाइल प्रहार गरेको बताएका छन्। उनले आफ्नो लक्ष्य एकदम सहि रहेको बताए ।

चीनको रक्षा मन्त्रालयका प्रवक्ता तान केइफीले एक विज्ञप्तिमा भने, “ताइवान नजिकै पीएलएको पूर्वी थिएटर कमाण्डद्वारा संयुक्त अभ्यास अमेरिका-ताइवानको साँठगाँठलाई रोक्नको लागि हो।”

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले पनि मिसाइल प्रक्षेपणको भिडियो सार्वजनिक गरेको छ। ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा शुनयाङले अमेरिका र ताइवानले “पृथकतावादी कारबाही जारी राखेसम्म पीएलए अभ्यास जारी रहनेछ।”

“हामी राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने हाम्रो दृढ संकल्प प्रदर्शन गर्न छोड्ने छैनौं,” उनले भने।

अमेरिकाले युद्धपोत पठायो

चीनको कारबाहीपछि अमेरिकी सेनाले आफ्नो युद्धपोत युएसएस रोनाल्ड रेगनलाई ताइवानको दक्षिणपूर्वी समुद्रमा पठाएको छ ।

“युएसएस रोनाल्ड रेगन र यसको स्ट्राइक समूहले फिलिपिन्सको समुन्द्रमा स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको समर्थनमा नियमित गस्ती र सामान्य अनुसूचित कार्यहरू सञ्चालन गरिरहेको छ,” नौसेनाका प्रवक्ताले एक विज्ञप्तिमा भने।

प्रतिक्रिया दिनुहोस्