चीनले बन्द गर्यो नरेन्द्र मोदीको वेइबो एकाउन्ट

भारतले चीनका ५९ मोबाइल एप्पलीकेशन बन्द गरेपछि चीनले नरेन्द्र मोदी को वेइबो एकाउन्ट बन्द गरेको छ । ग्लोबल टाइम्स का अनुसार चीन स्थित भारतीय राजदूतावास को अनुरोध पछि मोदीको यो खाता बन्द गरिएको हो ।

नरेन्द्र मोदीको वेइबो भेरिफाइड सोशल एकाउन्ट हो । यसमा मोदिका २४४,००० फ़लोअर्स छन ।

वेइबो चीनमा ट्विटर जस्तै काम गर्छ । चीनमा ट्विटर को ठाउँमा वेइबो को प्रयोग गरिन्छ ।

Total
20
Share