पाकिस्तान स्टक एक्सचेन्जमा आतंकबादी आक्रमण

पाकिस्तान स्टक एक्सचेन्जमा आतंकबादी आक्रमण भएको छ । आक्रमणको जिम्मेदारी बलूचिस्तान लिबरेशन आर्मी ले लिएको छ ।

जिओ न्यूजका अनुसार आक्रमणमा एक प्रहरी र दुइ सर्बसाधारण घाइते भएका छन ।साथै चार आतंकबादी मारिएका बताईको छ । दुइ आतंकबादी लाई गेटमा रोकेर प्रहरीले मारेको र दुइ स्टक एक्सचेंज भित्र जान सफल भएका थिए । भित्र गएका आतंकवादी पनि प्रहरी को कारबाही मा मारिएका छन । सर्बसाधारण लाई सुरक्षित बाहिर निकाल्ने काम भैरहेको छ ।

आतंकबादी हरुले स्टक एक्सचेंजमा ग्रेनाइट आक्रमण गरेका थिए । आतंकबादी हरु स्टक एक्सचेंजको मुख्य भवनमा पुग्न सफल नभएको ले धेरै क्षती पुर्याउन सकेनन ।