राजनाथ सिंह - भारतका रक्षामन्त्री

नेपाल संगको सीमा विवाद को बारेमा बोल्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले समाधान वार्ताबाटै खोज्ने बताएका छन् । उनले भने भारत र नेपालको असाधारण सम्बन्ध छ, हाम्रो ‘रोटी-बेटी’को सम्बन्ध छ र यसलाई संसारको कुनै पनि शक्तिले तोड्न सक्दैन।

भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रमअन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले भारत-नेपालको बीचमा रोटी-बेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताए । उनले भने, लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै हल गरिनेछ ।’

भारतको नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेको उनले बताए । गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिने गरेको भन्दै उनले नेपालसँगको सम्बन्ध टुट्न नसक्ने बताए ।

उनले अघि भने, ‘म विश्वासको साथ भन्न चाहन्छु कि भातीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन सक्दैन । हाम्रो नेपालसँग यति गहिरो सम्बन्ध छ । हामी सबै समस्याको सामाधान वार्ता र सम्वादमार्फत नै गर्नेछौँ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *