श्रीलंकामा राजनीतिक उथलपुथल जारी छ । राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै राष्ट्रपति भवन प्रवेश गरेका प्रदर्शनकारीले कब्जा गरेका छन् । तर असार १३ गते राजीनामाको घोषणा गरेका राष्ट्रपतिले असार १२ गते राति नै देश छाडेका थिए । उनले अहिलेसम्म राजीनामा दिएका छैनन् ।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको तत्काल राजिनामाको माग समेत गरेका छन् ।

तर सभामुखका अनुसार उनलाई श्रीलंकाको संविधानको प्रावधान अनुसार कार्यवाहक राष्ट्रपति बनाइएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग गर्दै विगत तीन दिनदेखि जारी विरोध प्रदर्शनले आज प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा प्रवेश गरेपछि नयाँ मोड लिएको छ ।

यसअघि उनले राष्ट्रिय टिभी च्यानलको स्टुडियो लिएर च्यानल अफ एयर लिएका थिए । केही समयपछि उनले अर्को राष्ट्रिय टेलिभिजन स्टेशन अफ एयर गरे।

रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेपछि श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । यससँगै पश्चिम को क्षेत्रमा कर्फ्यू लगाइएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले सो जानकारी दिएका हुन् ।

यसअघि रनिल विक्रमासिङ्घेको राजीनामा माग गर्दै प्रदर्शनकारी प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका थिए । प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका उत्तेजित प्रदर्शनकारीले रनिल विक्रमासिङ्घे र राष्ट्रपति गोताबाया राजापाक्षेविरुद्ध नाराबाजी गर्दै, सेल्फी खिचिरहेका थिए ।

ढोल बजाएर नाराबाजी गर्दै प्रदर्शनकारीको समूह प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका थिए ।रनिल विक्रमासिङ्घेले यसअघि राजीनामा दिने वाचा गरेका थिए । तर अहिलेसम्म उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छैनन् । यसबाट आक्रोशित प्रदर्शनकारी प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका थिए ।

अब कार्यवाहक राष्ट्रपति बनेपछि विक्रमासिङ्घेले टिभीमा जारी गरेको विज्ञप्तिमा सेना र प्रहरीलाई श्रीलंकाको अवस्था सम्हाल्न निर्देशन दिएका छन् ।

तर, आपतकालका बाबजुद हजारौं प्रदर्शनकारीले प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्ने प्रयास गरेका थिए । प्रदर्शनकारीलाई रोक्न सुरक्षा बलले अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

राष्ट्रपति गोटाबाया र प्रधानमन्त्री विक्रमासिङ्घेले साँझसम्म राजिनामा नगरे संसदसहित सबै सरकारी भवन कब्जा गर्ने आन्दोलनकारीको भनाइ छ ।

ट्रेन्डिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *