मिस वर्ल्ड २०२२ क्यारोलिना बिलावस्का नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । मिस वर्ल्डले यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छ ।

गत साता लण्डनमा आयोजित समारोहमा बिलावस्काले नेपाल आउने इच्छा व्यक्त गरेकी थिइन् । त्यसको केही दिनपछि मिस वर्ल्डले फेसबुक पृष्ठमार्फत निकट भविष्यमै नेपाल भ्रमण हुने जानकारी गराएको हो ।

उनलाई नेपाल भ्रमणको निम्तो नेपालीमूलका बेलायती व्यवसायी तथा हिमालय जेटका प्रमुख दीपेन्द्र गुरुङले दिएका हुन् । गत साता लण्डनमा आयोजित जलवायु परिवर्तन, दिगो विकास र विश्व्यापी लगानीबारेको गाला डिनरमा मिस वर्ल्डको टोली नै सहभागी थियो ।

नेपाल हामी चाँडै भेट्नेछौं,’ मिस वर्ल्डले लेखेको छ । यसअघि मिस वर्ल्डको ७२ औं संस्करण हिमालय क्षेत्रमा गर्ने तयारीबारेका विवरण पनि सार्वजनिक भएका थिए ।

ट्रेन्डिङ

Leave a comment

Your email address will not be published. Required fields are marked *