अर्जेन्टिनाकी उपराष्ट्रपतिको ज्यान मुस्किलले बच्यो, हत्याको प्रयास क्यामेरामा कैद

एजेन्सी / रोयटर्स- अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई बन्दुकधारीले गोली हानेर हत्या गर्ने प्रयास गर्यो तर उनि मुस्किलले जोगिएकी छिन । क्रिस्टिना फर्नान्डेज अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा रहेको आफ्नो घरबाहिर समर्थकहरूसँग भेट गरिरहेकी थिइन्, जब भीडबाट एक व्यक्ति बाहिर आए र उनको अनुहारमा पेस्तोल ताने । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पेस्तोलमा पाँचवटा गोली भरिएको…

एजेन्सी / रोयटर्स- अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई बन्दुकधारीले गोली हानेर हत्या गर्ने प्रयास गर्यो तर उनि मुस्किलले जोगिएकी छिन ।

क्रिस्टिना फर्नान्डेज अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा रहेको आफ्नो घरबाहिर समर्थकहरूसँग भेट गरिरहेकी थिइन्, जब भीडबाट एक व्यक्ति बाहिर आए र उनको अनुहारमा पेस्तोल ताने । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पेस्तोलमा पाँचवटा गोली भरिएको तर ट्रिगर थिच्दा फायर नभएको बताए ।

किर्चनर अर्जेन्टिनाको राष्ट्रपति पनि भइसकेकी छन् र उनको कार्यकालमा भ्रष्टाचारको आरोप लागेको छ । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छिन् ।

आक्रमणकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी ३५ वर्षीय ब्राजिलियन व्यक्तिको रूपमा पहिचान गरेका छन्। यद्यपि आक्रमणको कारण पत्ता लगाउन प्रयास जारी छ।

हत्या को प्रयास

फोटो रोयटर्स

यो घटनापछि अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले राति अबेर देशलाई सम्बोधन गरेका छन् । उनले भने, “कुनै कारणले पाँच गोलीले भरिएको पेस्तोलले काम नगरेकोले क्रिस्टिना बाँचेकी हुन्।”

राष्ट्रपतिले आक्रमणकारीको निन्दा गरेका छन् । उनले किर्चनरको हत्या प्रयासलाई सन् १९८३ मा प्रजातन्त्रको पुनरागमनपछिको देशको इतिहासमा सबैभन्दा गम्भीर घटना भएको बताए ।

राष्ट्रपतिले भने, ‘कसैसँग गहिरो मतभिन्नता हुन सक्छ तर घृणापूर्ण अभिव्यक्ति दिन सकिँदैन किनभने यसले हिंसा निम्त्याउँछ र हिंसासँगै लोकतन्त्रको अस्तित्व सम्भव छैन ।

उनले आक्रमण पछि शुक्रबार राष्ट्रिय बिदाको घोषणा पनि गरे ताकि अर्जेन्टिनाका जनताले “जीवन, लोकतन्त्र र उपराष्ट्रपतिप्रति ऐक्यबद्धता देखाउन सकून्”।

अर्जेन्टिनाका आर्थिक मामिला मन्त्री सर्जियो मासाले आक्रमणलाई ‘हत्याको प्रयास’ भनेका छन् । उनले ट्वीट गरे, “जब बहस हिंसा र घृणाले भरिएको हुन्छ, समाज बर्बाद हुन्छ र यस्तो अवस्था उत्पन्न हुन्छ: हत्याको प्रयास।”

घटना क्यामेरामा कैद

स्थानीय सञ्चारमाध्यममा शेयर भइरहेको भिडियो फुटेजमा एक व्यक्तिले उपराष्ट्रपतिको टाउकोमा बन्दुक तानिरहेको देख्न सकिन्छ ।

यसपछि उपराष्ट्रपतिले टाउको तल झारे तर बन्दुक जाम भएकाले गोली चलेन ।

Similar Posts

Leave a Reply

Your email address will not be published.