इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खान ले ओसामा बिन लादेन लाई सहीद भनेपछि उनको चर्को आलोचना हुदैछ ।

उनले ९/११ का योजनाकार अल-कायदाका पूर्ब प्रमुख ओसामा-बिन-लादेन लाई ‘शहीद’भनेर सम्बोधन गरे। इमरान खानले पाकिस्तान र अमेरिका को सम्बन्धका बारेमा संसद लाई सम्बोधित गर्दा यस्तो बयान दिएका हुन ।

ओसामा बिन लादेन लाई अमेरिकाको स्पेशल फोर्स ले सन २०११ मा पाकिस्तानमा मारेको थियो ।

इमरान खान ले के भने ?

“अमेरिकी सेना एबॉटाबाद आएर ओसामा बिन लादेन लाई मारेर शहीद बनाई दिए”

यसपछि इमरान खानको चर्को आलोचना हुदैछ, उनको यस बयान पछि उनी पाकिस्तानको प्रतिपक्षी पार्टीको निशानामा परेका छन ।

पूर्व विदेश मंत्री ख्वाजा आसिफ ले संसदमा भने,”इमरान खान ले आज ओसामा बिन लादेन लाई शहीद भनेर इतिहास लाईनै धोका दिएका छन ।”

पाकिस्तानी एक्टिविस्ट मीना गबीना ले ट्विटरमा लेखेकी छन,” विश्वभरी मुस्लिम हरुले आतंकवादको कारण भेदभावको सामना गर्दैछन तर हाम्रा प्रधानमन्त्री ओसामा बिन लादेन लाई शहिद बनाउदै छन!”

Leave a comment

Your email address will not be published. Required fields are marked *