नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा कार्यरत दुई डीआईजीमा कोरोना सङ्क्रमण पाइएको छ । सो अस्तपालमा कार्यरत डीआइजीहरूमा सङ्क्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताउनुभयो । नेपाल प्रहरीको हेडक्वार्टर र अस्पतालमा गरी १५५ जनामा सङ्क्रमण भइसकेको छ । यस्तै ...

पछिल्लो २४ कोरोना भाइरसका ६४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार २४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ६४१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू नाैहजार २२१ रहेका छन् । मन्त्रालयका ...

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको र ४६८ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १०२ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,०१९ पुगेको छ। ...

काठमाडाैँ – काठमाडाैँ महानगरअन्तर्गत कोरोना सङ्क्रमणको जोखिम भएका तीन क्षेत्ररूमा स्थानीय वडा तथा सुरक्षा निकायको पहलमा लकडाउन गरिएको छ । काठमाडाैँ महानगर २२ वडाअन्तर्गत नयाँ सडकसँगैको प्युखा, महाङ्काल, भोसिको क्षेत्र तथा २७ वडा अन्तर्गतको महाबाैद्ध, भोटाहिटी क्षेत्रमा लकडाउन गरिएको काठमाडाैँ ...

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १ सय १३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६ जना, डडेल्धुरा प्रयोगशालामा १३ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा ४० जना र धुलिखेल अस्पतालमा ३४ जना गरि १ सय १३ जनामा ...

कोरोना भाइरस का कारण भियतनाममा पहिलो पटक एक जनाको मृत्‍यु भएको छ। ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्‍यु भएको पछि भियतनाम पनि कोरोना संक्रमण देशको सूचीमा परेको छ। ती वृद्ध सेन्टर सिटी अफ होइ इनका रहेको त्‍यहाँको सरकरी सञ्‍चार माध्‍यमले उल्लेख ...

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,७५२ पुगेको छ। कोरोना भाइरस का कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । अहिलेसम्म ...

उत्तर कोरियामा कोरोनाभाइरसको शङ्का गरिएको पहिलो घटना भेटिएको छ । यसको पुष्टि त्यहाँको एक सरकारी सञ्चारमाध्यमले गरेको छ। समाचार संस्था केसिएनएका अनुसार तीन वर्षअघि दक्षिण कोरिया भागेर पुगेका एक व्यक्ति दुई देशलाई छुट्याउने रेखावारि देखा परेका थिए र उनमा कोरोनाभाइरसका ...

नेपालमा थप १३३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र एक व्यक्तिको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। शुक्रवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,३७४ पुगेको छ। सरकारी तथ्यांक अनुसार अहिलेसम्म ४४ जनाको मृत्यु भएको छ। ...

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार कोरोनाभाइरस विरुद्ध निर्माण भइरहेका खोपमध्ये एउटा खोप यसै वर्षको अन्त्यसम्ममा मानिसहरूमा प्रयोगका लागि उपलब्ध हुनसक्छ। यदि यस्तो भयो भने अपेक्षित समयभन्दा अगाडि नै परीक्षणपछि खोप तयार हुनेछ। चाइना न्याश्नल फार्मसूटिकल ग्रूपका अनुसार मानवमा अन्तिम चरणको परीक्षण ...