काठमाडौं – सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को आजको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो । ...

काठमाडौं- विगत २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमितको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बिहीबार प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरूष र ललितपुरका एक पुरूषमा संक्रमण पुष्टी भएको हो। ...