भारतका पूर्व क्रिकेटर तथा उत्तर प्रदेश राज्यका मन्त्री चेतन चौहानको कोरोना सङ्क्रमण पछि मृत्यु भएको छ । चेतन चौहानले भारतको तर्फबाट ४० टेस्ट र ७ एकदिवसीय खेल खेलेका थिए । उनी भारतीय क्रिकेटमा छनोट समितिका प्रमुख पनि रहेका थिए । ...

भारतको उत्तर प्रदेश राज्यको कानपुरमा अपराधी संग भएको भिडन्तमा आठ जना प्रहरीको मृत्यु भएको छ । कानपुरको विकारू गाउँमा विकास दुबे नामको अपराधीको घरमा छापको लागि गएको प्रहरी टोली माथि अचनाक गोली प्रहार गरिएको थियो । सो घटनामा उत्तर प्रदेश ...

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय र आलोच्य भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई नहेप्न पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई स्मरण गराए । ...