सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमणको पुष्टि

सुदूरपश्चिममा आइतबार मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दिउँसो १ : ३० बजेसम्मको पछिल्लो विवरण अनुसार जम्मा ४५ जनामा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संक्रमित हरुमा कञ्चनपुरको पुनर्वास नगरपालिकाका ८ महिला र २० पुरुष गरि २८ जना, गोदावरी नगरपालिका, कैलालीको १ महिला र ८ पुरुष गरि ९ जना, परशुराम नगरपालिका, डडेल्धुराका १ महिला र ४ पुरुष गरि ५ जनामा कोरोना पुष्टि भएको हो । यसैगरि धनगढी उपमहानगरपालिकाका २ महिला र टीकापुर नगरपालिकाका १ पुरुष गरि जम्मा ४५ जनामा कोरोना पुष्टि भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।