कञ्चनपुरमा युवा-युवतीले नहरमा हाम फाले

महेन्द्रनगर – कञ्चनपुर भीमदत्त नगरपालिका – २ का दुई जना युवा–युवतीले नहरमा हाम फालेका छन ।

शुक्रबार मध्याह्न १२ बजेतिर भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीस्थित नहरमा युवायुवतील हाम फालेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले भीमदत्त नगरपालिका वडा नम्बर–२ उल्टाखामका राकेश चौधरी (प्रहरीका अनुसार केटाको उमेर खुलेको छैन) र महुलियाकी २२ वर्षीया रेनु चौधरीले नहरमासँगै हाम फालेको बताए ।

प्रारम्भीक अनुसन्धानबाट दुवै प्रेम सम्बन्धमा रहेको र सँगै नहरमा हाम हालेको खुल्न आएको प्रवक्ता थापाले बताए । ‘प्रारम्भीक जानकारी अनुसार दुवैले सँगै हाम फालेको खुल्न आएको छ’ कञ्चनपुरका प्रहरी प्रवत्ता थापाले भने ‘युवतीले सँगै हाम फालेको र प्रेम सम्बन्ध रहेको स्वीकार गरेकी छिन्’ उनले भने ।

स्थानीयले उनीहरुलाई हाम फाल्न देखेपछि युवतीको उद्दार गरि महाकाली अस्पतालमा भर्ना गरिएको छ । भने प्रेमी चौधरीको भने अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

सोही नहर भएर गइरहेका बेला स्थानीय सुनिल चौधरीले नहरमा हाम फालेको देखेपछि युवतीलाई नहरबाट बाहिर निकालेको बताए ।
‘पानीमा टाउको मात्रै देखिएको थियो। ‘उनले भने, ‘मैले उनलाई निकाले, पेटमा पानी भरिएर वेहोस भएकी युवतीको १० – १५ मिनेटमा होस आएपछि उनलेनै युवकले पनि आफूसँगै नहरमा हाम फालेको बताईन् तर खोज्दैछौँ अहिले सम्म भेटिएका छैन ।

भीमदत्त नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष आसेफ कुँवरले नहरको पुलमा बसेका युवायुवतीले एक्कासी संगै हाम फालेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको बताए ।

बेपत्ता युवकको खोजी कार्यसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार युवक नेपाली सेना र युवती ओभरसेर अध्ययन गर्दै आएका थिईन् ।

Total
28
Share