सरकारको लाचारीपन बढ्यो भन्दै मास्क बोकेर काग्रेश नेता रावल पुगे आफ्नो चुनावी क्षेत्र

रञ्जित लामा टीकापुर – सरकारको लाचारीपन बढ्यो भन्दै नेपाली काँग्रेशका प्रमुख प्रतिपक्ष दल सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावल मास्क बोकेर आफ्नो चुनावी क्षेत्र पुगेका छन् ।

सरकारको लाचारीपन र कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै काँग्रेश नेता डा. रावल मास्क बोकेर शुक्रबार आफ्नो चुनाबी र वरपरका क्षेत्रहरु पुगेका हुन् ।

दिदीबहिनी महिला समूह यूकेको सहयोगमा कैलालीको टीकापुरको पूर्वी भेगका १९ ओटा क्वारेन्टिनमै पुगेर १५ सय भन्दा बढी केएन नाइन्टी फाइभ मास्क बितरण गरिएको काँग्रेश नेता रावलले जानकारी दिए ।

“यतिखेर सरकारको आलोचना गर्ने समय हैन तर सरकारले लकडाउन भएको यतिका दिनसम्म पनि आधारभूत स्वास्थ्य सामग्रीहरुसमेत ब्यबस्थापन गर्न नसक्नु यो सरकारको लाचारीपन नै हो ।” नेता रावलले भने– “सरकारले आमनागरिकको जीवन–मरणको यो घडीमा आम जनतालाई लाचारीनपन बाढ्न सुहाउँदैन ।”
कैलाली क्षेत्र नं १ को (ख) निर्वाचन क्षेत्र रहेको काँग्रेश नेता रावलले हिजो मात्रै कञ्चनपुरको डोकेबजार स्थिति रोयल कोलाबोरेटिभ्स निःशुल्क खाना घरलाई १ लाख ५० हजारको खाद्य सामग्री सहयोग गरेका थिए ।

रोयल कोलाबोरेटिभ्सले जेठ ९ गतेदेखि नै भारतका बिभिन्न स्थानहरुबाट आएर सीमामा अलपत्र परेका नेपालीहरुलाई त्रिनगर नाकामा निःशुल्क खाना खुवाइरहेका छन् ।

Total
126
Share