स्व. अनिल घिमिरे लाई मरणाेपरान्त सम्मान गरे अमरगढीका मेयर ओझाले

डडेल्धुरा , नेपालकाे जातिय मुक्ति आन्दाेलन डडेल्धुरा का नेता स्व. अनिल घिमिरे परिवार लाई अमरगढीका मेयर विश्वेश्वरप्रसाद ओझाले सम्माननित गरेका छन। आइतबार ५६औँ अन्तरास्ट्रिय  जातीय उत्पीडन विरूद्धको दिवसका अवसरमा अमरगढी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मेयर ओझाले उक्त आन्दाेलनका अगुवा संविधान सभा सदश्य ज्ञानु गैरे, नेपाली काङ्ग्रेसका नेता भरत नेपाली र स्व अनिल घिमिरेकाे मरणाेप्रान्त सहाेदर भाइ हर्क घिमिरेलाई दाेसल्ला र फुलमालाले सम्माननित गरेका हुन। स्व घिमिरे लामाे समय देखि डडेल्धुरा मा जातिय मुक्ति आन्दालनमा सकृय रहेकै बखत दुर्घटनामा ४ जना परिवारका सदश्य सहित ज्यान गुमाएका थिए । अधिकांस वक्ताले नगर प्रमुखकाे अभियानकाे प्रशंसा गरेका थिए, वल्ल सरकार भएकाे महसुस भयाे दलित अगुवा रामेश्वर जैरुले भन्नू भयाे। उक्त कार्यक्रममा बोल्ने अधिकांश दलित समुदायका अगुवाहरूले अझै पनि समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभेद हुने गरेको बताए । उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ग्रामीण क्षेत्रका दलित समुदायमा दैनिकजसो विभेदका घटना भए पनि खुलेरै सम्बन्धित निकायमा उजुरी गर्ने आँट गर्न नसक्दा यस्ता घटनाले प्रश्रय पाइरहेका बताए। छुवाछुतविरुद्ध कुरा उठाए गैरदलितहरूले केही गरिहाल्ने पो हुन् कि भन्ने डरले गर्दा पनि जातीय विभेद खेपिरहनुपरेको उनको बुझाइ छ। जैरू मात्र होइन्, अन्य कार्यक्रममा सहभागी दलित समुदायका अगुवाहरूको गुनासो पनि उस्ता उस्तै छ। जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू नभएको उनीहरूको गुनासो छ। जातीय विभेदमा केही हदसम्म कमी भए पनि अझै पूर्णरूपमा कम भइनसकेको नेपाल राष्ट्रिय दलीय समाज कल्याण संघ डडेल्धुराका अध्यक्ष सुन्दर जैरूले बताए। दलितहरूले गर्ने पेसा गैरदलितहरूले गर्दा सम्मानित हुने तर दलित समुदायले गर्दा अपहेलित हुनु परेको उनको दुखेसो छ। जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको दलित अगुवाहरूको भनाइ छ। अझै जातीय विभेद हटेको महसुस नभएको अमरगढी नगर कार्यपालिकाका सदस्य राम परियारले बताए। मसानमा पनि विभेद …… वर्षौँदेखि यहाँ दलित समुदायका व्यक्तिको निधन भएपछि दलित समुदायका लागि बनाइएको चिहानमा समेत विभेद गरिने हलियामुक्ति समाज डडेल्धुराका पूर्व अध्यक्ष तुलाराम सार्कीले बताए। उनले अमरगढी नगरपालिका–३ मा रहेको घटालथानमा दलित समुदाय र गैरदलितका लागि छुट्टाछुट्टै मसानघाट बनाइएको बताए। विगतभन्दा अहिले दलित माथिको विभेदमा कमी आएको संविधानसभा सदस्य ज्ञानु गैरेले बताइन्। विगतमा चुनावको समयमा समेत दलित भनेर भोट नदिने गरेको उनको अनुभव छ। ‘नेकपा एमालेमा लागेर जिल्लाका विभिन्न ठाउँमा गएँ। सायद नपुगेको कुनै वडा होला,’ उनले भनिन्, ‘त्यतिखेर हाम्रो पार्टीलाई ‘डम’ पार्टी भनिन्थ्यो। संघर्ष गर्दा गर्दै परिवर्तन भयो।’ जातीय विभेद अन्त्यका लागि अमरगढी नगरपालिका लागिपरेको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए। दलित समुदायलाई लक्षित गरेर थुप्रै कार्यक्रम गरिरहेको उनको भनाइ छ। दलित समुदायलाई मात्रै नभई गैरदलितलाई नेतृत्व दिएर गाउँगाउँसम्म जनचेतनाका अभियानहरू सञ्चालन गरेमा विभेदका घटनाहरूमा कमी आउने उनको बुझाइ छ । ‘विभेद अन्त्य गर्न समुदायमा सचेतना बढाउनुका साथै दलितको क्षमता विकासमा समेत ध्यान दिनु जरूरी,’ उनले भने। अमरगढी नगरपालिकाका कानुनी सल्लहाकार विष्णु भट्टले कसैले जातीय छुवाछुत गरेमा प्रहरीसमक्ष उजुरी गर्नुपर्ने बताए।

Total
4
Share