सुदुरपश्चिममा थपिए ३५ कोरोना संक्रमित, संक्रमितको संख्या १७ सय नाघ्यो

विगत २४ घण्टामा सुदुरपश्चिममा ३५ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमण हुनेमा ७ महिला र २८ पुरुष भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

यो सँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ । हालसम्म सुदुरपश्चिममा एक हजार ७ सय २ जना कोरोना संक्रमित पुगेका छन् । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी ७, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका ३५ जना मध्ये डोटीका ६ र कैलालीका एक महिला रहेका छन्। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय १८ जनामा कोरोना पुष्टि भएको छ।

अहिलेसम्म डोटीमा दुई सय ३४, डडेल्धुरामा दुई सय १७, कञ्चनपुरमा दुई सय ५५, बैतडीमा एक सय ६५, अछामका एक सय २५, बाजुराका एक सय ८, बझाङमा ६२ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेशमा कोरोना भाइरस बाट पाँच जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना निको भएर घर फर्केका छन ।

Total
14
Share