वेदकोटको नगरसभा १० असारमा, सरोकारवालासँग नीति तथा कार्यक्रमबारे लिखित सुझाव संकलन गरिदैँ

महेन्द्रनगर – कञ्चनपुरको वेदकोट नगरपालिकाले असार १० गते नगरसभा गर्ने जनाएको छ । वेदकोटका नगर प्रमुख अशोक कुमार चन्दले आउँदो १० गते नगरसभा गर्ने तयारी भईरहेको बताए ।

उनका अनुसार हाल अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सरोकारवाला निकायसँग छलफल भईरहेको छ ।

नगर प्रमुख चन्दले नीति तथा कार्यक्रमबारे पहिलो चरणमा सर्वदलिय, सर्वपक्षीय निकायसँग सम्बन्धित व्यत्तिहरुलाई बोलाएर छलफल गरिएको बताउँदै ‘पहिलो चरणमा राजनितिक दल र अन्य सरोकारवादा निकायसँग अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गरिएको छ ।’

उनले भने ‘आजसम्ममा नगरका सबै वडाबाट योजना छनौटको माग गरिएका छौँ, अन्य तयार पनि सँगसँगै भईरहेको छ ।’

वडाबाट योजना छनौट भई आएपछि अन्य सरोकारवाला निकायसँग माग गरिएको लिखित सल्लाह सुझाव संकलन गरिने उनको भनाई छ ।

साथै असार ७ गते कार्यपालिकाबाट आर्थिक वर्ष २०७७७८ का लागि नगरको चौतर्फी विकास र जनस्तर उस्कार्ने योजनालाई अगाडी बढाईन सहमती जुटाईने नगर प्रमख चन्दको भनाई छ ।

कार्यपालिकाबाट नीति तथा कार्यक्रममा सहमती जुटेपछि नगर सभामा पेस गरिने छ ।

त्यस्तै नगर प्रमुख चन्दले नगरको विकास तिव्र रुपमा अगाडी बढाउन प्राथमिकता योजना र नीति तथा कार्यक्रबारे आवश्यक सुझाव/सल्लाहका लागि सरोकारवाला निकायसँग आग्रह समेत गरेका छन् ।