कोरोना भाइरस : सुदूरपश्चिम प्रदेशमा २२५ कोरोना संक्रमित थपिए , ६ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा आज २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका बिभिन्न ५ वटा प्रयोगशालामा २८२ नमुना पीसीआर तथा १ हजार ३८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढी स्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १८८ जनाको नमूना परीक्षण गर्दा ८६ जना, महाकाली अस्पतालमा २९ जनाको नमुना परीक्षण गर्दा २ जना , डडेल्धुरा अस्पतालमा २० जनाको नमूना परीक्षण गर्दा ८ जना, डोटी अस्पतालमा १८ जनाको नमूना परीक्षण गर्दा ४ र बैतडी अस्पतालमा २७ जनाको परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली, डडेल्धधुरा, अछाम , बाजुराका १÷१ र कञ्चनपुरका २ जना गरि ६ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा २०७ जना संक्रमित निको भई घर फर्किएका छन् । अहिले सम्म सुदूरपश्चिममा ४२ हजार ३३७ जनामा संक्रमण पुष्टि भएकोमा ३२ हजार ४०५ जना निको भैसकेको छन् ।