शुक्लाफाँटा नगरपालिका–३ का किसानलाई अनुदानमा शनिबार पावरट्रिलर लगायतका कृषि औजार र उपकरण हस्तान्तरण गरिएको छ। कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादन अभिवृद्धि गर्नका लागि सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत अनुदानमा कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएका हुन्।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्कालगायतले नौवटा पावरट्रिलर, प्लाष्टिक घर २६, पाँच पम्पसेट, इलेक्ट्रिक स्प्रे ट्याङ्कीलगायतका कृषि औजार तथा उपकरण हस्तान्तरण गरेका हुन्। किसानलाई बीउ, विषादी र सूक्ष्मतत्वसमेत आवश्यकतानुसार उपलब्ध गराइएको छ।

मुख्यमन्त्री कृषि नमूना गाउँ समन्वय समितिका अध्यक्ष टीकुराम चौधरीले कार्यक्रम सञ्चालनका लागि ५० लाख बजेट परिचालन गरी कृषि औजार र उपकरण खरिद गरिएको बताए। सोमध्ये किसानलाई ८० प्रतिशत अनुदानमा पम्पसेट र ५० प्रतिशत अनुदानमा पावरटिलरलगायतका सामग्री उपलब्ध गराइएको हो।

तपाईको प्रतिक्रिया

Please enter your comment!
Please enter your name here