कञ्चनपुर – नक्कली ब्लू बुक ९ सवारी दर्ता किताब बनाएर चोरीका मोटरसाईकल बिक्रि वितरण गर्ने गिरोह पक्राउ परेको छ । कञ्चनपुर र सुदूरपश्चिम प्रदेश प्रहरीको संयुक्त टोलीले कैलाली कञ्चनपुर दुई जिल्लाबाट १२ जनालाई पक्राउ गरेको हो ।

सरकारी कागजात किर्ते गरि चोरीका मोटरसाईकलको नक्कली ब्लू बुक बनाउने यातायात व्यवस्था कार्यालय धनगढीका कर्मचारी सहित १२ जनालाई कञ्चनपुर प्रहरीले सोमबार सार्वजनिक गरेको छ । यातायात कार्यालयकै सरकारी कर्मचारी किर्ते धन्दामा संलग्न भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले चेकजाँचका क्रममा एकै मोटरसाईकलका दुई ब्लू बुक फेला परेपछि प्रहरीले खोजिकार्य अघि बढाउदा कैलाली कञ्चनपुरमा नक्कली ब्लूबुक बनाएर चोरीका मोटरसाईकल बिक्रि वितरण गर्ने गिरोह फेला परेको बताए ।

कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले ८ मोटरसाईकल, तिनका ब्लू बुक र १२ जनाको गिरोह पक्राउ परेका छन् । उनले भने ‘अहिले दुई सरकारी कर्मचारी, १० धन्दामा संलग्न व्यक्ति र ८ मोटरसाईकल सहित ब्लूबुक नियन्त्रणमा लिएका छौँ थप चार मोटरसाईकल सम्पर्कमा आएका छन् ।’
कञ्चनपुर प्रहरीले किर्ते काममा संलग्न यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर अपरेटर गणेश भट्टराई, कार्यालय सहयोगी जिेन्द्र राना, धनगढी उप महानगरपालिका ३ मिलनचोकका श्याम राना र बाँकी ९ जना कञ्चनपुरका युवकलाई पक्राउ गरि सार्वजनिक गरेको छ । कञ्चनपुरको लालझाडी गाउँपालिका ४ जाँईका बहादुर राना, राम दयाल राना, लालझाडी गाउँपालिका १ का रामविनास राना, बेदकोट नगरपालिका ६ सिसैयाका बहादुर राना, राज कुमार राना, हरेन्द्र राना, रामलाल राना, बेदकोट नगरपालिका ५ का प्रदिप राना र लक्ष्मी रानालाई पक्राउ गरेको छ । ‘कर्मचारी सहित सबैको संलग्नता देखिएको छ, ‘कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘साथै ब्लुबुक र मोटरसाईकल समेत बरामद गरेका छौँ ।

नक्कली ब्लू बुक बनाएका मोटरसाईकल से ६ प ६७४७, म २ प ७०७५, सुपप्र ००१०७ प ३५१२, सुपप्र ००१००७ प ३५७३, से ६ प २५८३, से २ प ३७६५, से ७ प ३२७१, सुपप्र ०१००८ प ६७८२ नम्बरका मोटरसाईकल समेत सार्वजनिक गरिएका छन् । ‘सरकारी कर्मचारी नै किर्ते, चोरी गिरोहमा संलग्न भएको पाईएको छ, ‘कञ्चनपुर प्रहरी प्रमुख मरासिनीले भने, ‘किर्ते मुद्दा चलाउँछौँ, सवारी धनीले निवेदन दिए चोरीको समेत मुद्दा चलउँछौँ ।’ बरामद गरिएको मोटरसाईकलको हुलिया, चेसिज नक्बर सहित सवारी धनी सम्पर्कमा ल्याउनका लागि देशैभरीकै ७७ जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरिएको उनले बताए ।

यसरी सरकारी कार्यालयबाट किर्ते ब्लूबुक बनाएर गिरोहले कैलाली, कञ्चनपुर सहित सुदूरका पहाडी जिल्लामा बिक्रि वितरण गर्दै आएको प्रहरीले जनाएको छ । यसरी नक्कली ब्लूबुक बनाएर सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चोरीका मोटरसाईकल बिक्रि गर्ने गिरोह कञ्चनपुर प्रहरीको फन्दामा परेपछि संजाल नटुटेपनि ब्रेकथ्रु गरिदिएको छ ।

यस अघि साईकल चोरीमा संलग्न २० जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरि चोरीको मुद्दा लगाएको थियो । कोरोना महामारीका बेला यातायाताका कर्मचारीकै मिलोमतोमा गैर कानुनी धन्दा संचालन भएपछि सरकारी कर्मचारीप्रति नागरिकको विश्वास घट्दै जाने देखिन्छ । यस अघि पनि यातायात व्यवस्था कार्यालय कञ्चनपुरका कर्मचारीकै संलग्नता सरकारी कागजात किर्ते गरि अवैध धन्दा चलाएका थिए । यातायात कार्यालय घुसदेखि अवैध धन्दामा संलग्न भएपछी नागरिकको आक्र्रोसित भएका छन् । – बेलडाडी पोस्ट / विकास सिह महता

Leave a comment

Your email address will not be published. Required fields are marked *