महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिकाकाले अगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७२ करोड ४० लाखको बजेट ल्याएको छ ।

बुधवार बसेको नगरपालिकाको सातौँ नगरसभाबाट ७८ करोड ४० लाखको बजेट पारित गरिएको नगर प्रमुख अशोक कुमार चन्दले बताए ।

स्वास्थ्य, कृषि, पशुपालन लगायतका विषय बजेटका प्राथमिकतामा परेका छन् ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक सय शैयाको आइसोलेसन भवन निर्माण, दमकल, एम्बुलेन्स ,शवबाहन लगायत स्वास्थ्य सामग्री , औषधी ,उपकरण का लागि ४ करोड विनियोजन गरिएको छ ।

शित भण्डार (कोल्ड स्टोर) का निर्माणका लागि एक करोड विनियोजन गरिएको हो ।

स्वास्थ्यका संगै नगर गौरवका आयोजना, कृषि , पसुपालन, स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रमुख प्राथमिकता रहेको नगर प्रमुख चन्दले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *