बाजुरामा क्वारेन्टीनमा रहेका एक वृद्धको मृत्यु भएको छ । भारतबाट आएर जेठ १६ गतेदेखि खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा रहेको क्वारेन्टीनमा रहेका ६५ वर्षीय वृद्धको शनिबार बिहान मृत्यु भएको हो ।

गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको खप्तड छेडेदह गाउँपालिकाका प्रमुख नरबहादुर रावतले जानकारी दिए ।

रातवका अनुसार ती वृद्ध दमका बिरामी थिए । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको रातवले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *