डडेल्धुरा । डडेल्धुराबाट २०४८ साल देखि हालसम्म छ पटक निर्वाचित हुनुुभएका पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा चार चोटी प्रधानमन्त्री हुुनुुभएको हो । चुनावको बेला मात्र जिल्ला आउने गर्नु भएका देउवा कोरोनाको महामारी हुदाँ गृहजिल्लामा भ्रम फैलाउँदै हुनुुहुुन्छ । अन्य व्यक्ती र निकायले गरेको योगदानको श्रेय आफूले लिन नेपनली कांग्रेस डडेल्धुुरा र देउवाले भ्रम फैलाउनुुभएको हो । पद र प्रतिष्ठाका लागि जस्तोसुकै सम्झौता र फोहरि खेल खेल्न सिपालु देउवा फुटाउ र राजगरका माहिर खेलाडि मानिदै आउनुुभएको छ । पछिल्लो ध्रम यसैको उदाहरण हो ।

गृह जिल्ला डडेल्धुराको विकासमा खासै ध्यान नदिनुुभएका देउवाका लागि पछिल्लो समय डडेल्धुराको विकास टाउको दुखाईको विषय बनेको छ । गत स्थानिय तहको निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिले गरेको विकास निर्माणको पहल र प्रयासले उहाँको टाउको दुखाइ भएको हो । नेपाली काङ्ग्रेस निर्वाचित बाहेक तीन वटा स्थानिय तहमा गत निर्वाचनमा कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु निर्वाचित भए पछि काङ्ग्रेस र कम्युनिष्टको विकासको शैलिमा भिन्नता देखिएको हो ।

सदरमुकामको अमरगढी नगरपालिकामा नेकपा एमालेबाट मेयर उपमेयर विजयि भए पछि विकास गर्न नदिने र गरेको कामको श्रेय समेत आफू लिने हुदैँ आएको थियो ।

डडेल्धुरा काङ्ग्रेसले अमरगढी नगरपालिकाका हरेक विकास निर्माणका काममा निरन्तर भाँजो हाल्दै आईरहेको छ । अमरगढी मात्र होईन् सिंगो डडेल्धुरामा अन्य पार्टीले गरेको विकासमा नेपाली कांग्रेसले अबरोध सिर्जना गर्दै आएको छ ।
सडक निर्माण, वहुप्राविधिक शिक्षालय, रिङरोड, पर्यटकिय पुर्वाधार निर्माणमा अवरोध गर्न खोज्दा जनताको नजरबाट नाङ्गिएको आभास सबैले गर्न थालेका छन । पटकपटक मुलुकको कार्यकारि प्रधानमन्त्री हुदा समेत सडक, अस्पताल, हवाई मैदान, बसपार्क, सभाहल तथा व्यवस्थित शहरिकरण गर्न नसक्नुुभएका देउवाबाट डडेल्धुरा का जनताले आशा मारिसकेका छन ।

मुलुकमा कोरोना महामारिले जनतालाई आतंकित पारिरहेका बेला सत्ताको फोहरि खेलमा व्यस्त रहनुुभएका देउवा जनताका समस्यामा ध्यान नदिएको आरोप लाग्ने गरेको छ ।

डडेल्धुरा अस्पतालमा अक्सिजनको अभावले छट्पटिरहेका बिरामीको जीवन रक्षाका निमित्त अमरगढी नगरपालिकाले गत वैशाख २७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजन प्लान्ट जडानका लागि पहल गरेको थियो । गत वैशाख ३१ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहणकै अवसरमा ४ करोड विनियोजन गरिदिए पछि देउवाका कार्यकर्ताको त्यसलाई हतियार बनाउनुु भएको छ ।

कम्युनिष्ट सरकारले गरेको कामले लोकप्रियता हुन्छ भनेर हतार हतार कार्यकर्ताहरु मार्फत र देउवा निकट अनलाईन मार्फत समाचार र सामजिक संजाल हराभरा बनाइएको छ । झुट र कपोकल्पित समाचारको विश्वसनियता नहुदा झन आलोचाना बढेको छ ।

समाचारमा भ्रमित खबर
वैसाख ३० गते डडेल्धुरामा नेविसंघले आन्दोलन गरेर देउवाका स्वकिय सचिव भानु देउवाको पहलमा ज्ञापन पत्र वुझाएको भनेर मिथ्या खबर प्रेसित भएको थियो ।
देउवाले ३१ गते पहल गरेको लेख्न लगाइएको थियो । वैशाख २७ गते अमरगढी प्रमुखद्वारा प्रेसित पत्रानुसार २९ गते माननीय मन्त्री स्तरिय निर्णय भईसकेको र ३० गते अर्थ मन्त्रालयमा फाईल पेस भई ३१ गते माननीय मन्त्रि विष्णुप्रसाद पौडेलले पदभार ग्रहणकै समयमा ४ मरोड विनियोजनको निर्णय भएको खुुल्नमा आएको छ । यस्तो समाचार बाहिरिदा देउवाको र डडेल्धुरा काङ्ग्रेसको झुटको पर्दाफास भएको हो । सामाजिक संजाल र अनलाईन रंग्याउने कार्यकर्ताको बोलिमा बिर्काे लागेको छ ।

 

 

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *