प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले आज कैलालीको धनगढीमा शक्ति प्रदर्शन गरेको छ । शक्ति प्रदर्शनमा सम्बोधन गर्न अध्यक्षद्धय दाहाल र नेपाल कार्यक्रमस्थलमा पुगेका छन् ‍।

दाहाल-नेपाल समूहका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीले धनगढीमा हुने शक्ति प्रदर्शनमा ५० हजार कार्यकर्ता सहभागि हुने दाबी गरे । धनगढी पुगेका नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई मुख्यमन्त्री भट्टसहितका मन्त्रीले धनगढी विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।
नेकपा सुदूरपश्चिमका ईञ्चार्ज भीम रावलसंगै सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र अन्य मन्त्रीहरु विमानस्थलमै पुगेर आफ्नो गुटका अध्यक्षद्धय दाहाल-नेपालको स्वागत गरेका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध शनिबार कैलालीको धनगढीमा आयोजना गरिएको विरोध सभालाइृ सम्बोधन गर्न दाहाल र नेपाल धनगढी आएका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *