डडेल्धुराः डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो पौने ३ बजेतिर जिल्लाको अमरगढी नगरपालिका–२ कुस्मालीमा ट्याक्टर दुर्घटना भएको हो।दुर्घटनामा सोही ठाउँका ३५ वर्षीय गणेशबहादुर ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। दुर्घटना अन्य पाँच जना घाइते भएका छन्।घाइते हुनेमा अमरगढी–२ का ३५ वर्षीय सरेश भट्ट, सोही ठाउँका ३२ वर्षीय तीर्थ केसी, ३५ वर्षीय सुरेश भट्ट, ५० वर्षीय दलबहादुर थापा र ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका –६ कञ्चनपुरका ४० वर्षीय रामभरोसा राना रहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

Leave a comment

Your email address will not be published. Required fields are marked *