आईपीएल को नयाँ फ्रन्चाइजी अहमदाबाद ले आउँदो 2022 संस्करणको लागि भारतीय क्रिकेट टोलीका मुख्य कोच रवि शास्त्री लाई मुख्य प्रशिक्षक नियुक्त गर्ने अनुमान लगाएको छ ।

क्रिकबजको रिपोर्ट अनुसार, शास्त्रीलाई अहमदाबाद फ्रान्चाइजीले मुख्य प्रशिक्षकको पद प्रस्ताव गरेको छ र उनी यस आईपीएल टोलीसँग कार्य गर्न पनि इच्छुक छन्।

शास्त्रीले टी–२० विश्वकपपछि मात्रै निणर्य लिनेछन् किनभने उनी विश्वकप प्रतियोगितामा अन्यत्र ध्यान दिन चाहँदैनन् । यदि पूर्व भारतीय क्रिकेटरले प्रस्ताव स्वीकार गरे, भरत अरुण र आर श्रीधर उनको स्टाफको हिस्सा हुनेछन्।

इन्डियन प्रिमियर लिगको २०२२ संस्करणमा १० टोलीहरू सहभागी हुनेछन्। गत महिना, RPSG समूहले भारतीय रुपैयाँ ७०९० करोडको बोली लगाई लखनऊ फ्रान्चाइजी लाई आफनो नाम सुरक्षित गर्‍यो भने CVC क्यापिटलले ५६२५ करोडको बोलीको साथ अहमदाबादलाई रोज्यो।

वर्तमान आठ टोलीले बढीमा चार खेलाडी राख्न पाउनेछन् भने दुई नयाँ फ्रेन्चाइजीले लिलामी पूल बाहिरका तीन खेलाडी अनुबन्ध गर्ने विकल्प पाउनेछन्।

क्रिकबजको रिपोर्ट

Leave a comment

Your email address will not be published. Required fields are marked *