इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी र बर्नली को खेल १–१ को बराबरीमा रोकिएको छ । चेल्सीले काई हारटेजको गोलले अग्रता लिएयता बर्नलीले ७९ औं मिनेटमा बराबरी गोल फर्काएको हो ।

उसका लागि भेडराले एक अंकका लागि गोल गरे । शीर्ष स्थानमा चेल्सीको २६ अंक छ । म्याानचेस्टर सिटी २३ अंकमा दोस्रो स्थानमा छ र उसले अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई २–० ले हरायो ।

यस्तै, अन्य खेलमा नरविचले ब्रेन्टफोर्डलाई २–१ र क्रिस्टल प्यालेसले उल्भ्सलाई २–० ले हरायो । ब्राइटन र न्युक्यासल युनाइटेडबीचको खेल भने १–१ को बराबरीमा समाप्त भयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *