कुनै समय क्रीकेट मा रन मेसिन भनिने महान भारतीय ब्याट्सम्यान विराट कोहली केही समयदेखि आउट अफ फार्ममा छन् । यस्तो अवस्थामा उनी लगातार क्रिकेट पण्डितको निशानामा छन् । विशेषगरी आईपीएलपछि कोहलीको टिममा स्थानलाई लिएर पनि प्रश्न उठेको छ ।

हाल इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय टोलीमा रहेका कोहली त्यहाँ पनि खराब फर्मसँग संघर्ष गरिरहेका छन् । कोहलीले पहिलो टेस्ट, त्यसपछि टी–२० र अहिले एकदिवसीय सिरिजमा पनि रन बनाउन सकेका छैनन् । लर्ड्समा भएको दोस्रो एकदिवसीयमा कोहली मात्र १६ रन बनाएर प्याभिलियन फर्किएका थिए । यो खेलमा भारत १०० रनले पराजित भएपछि विराट कोहली सबैभन्दा बढी ट्रोलको निशानामा परे । तर, करियरको कठिन चरणमा विराटले अब पाकिस्तानी कप्तान बाबर आजमको समर्थन पाएका छन् ।

बाबरले हौसला दिए

लर्ड्समा भारत र इंग्ल्याण्डबीचको दोस्रो एकदिवसीय खेलपछि बाबर आजमले कोहलीको समर्थनमा ट्वीट गरेका थिए । ट्विटमा उनले कोहलीसँगको तस्बिर सेयर गरेका छन् । बाबरले क्याप्सनमा लेखेका छन्

बाबरले भारतीय समय अनुसार राति १२.२९ बजे यो ट्वीट गरे र तुरुन्तै यो ट्वीट भाइरल भयो । क्रिकेट फ्यानहरूले यो ट्विटलाई निकै मन पराएका छन् र कोहलीलाई प्रोत्साहन गरेकोमा बाबरको प्रशंसा पनि गरिरहेका छन् ।

बाबर उत्कृष्ठ फर्ममा छन

पाकिस्तानका कप्तान बाबर आजमले पछिल्लो केही वर्षयता क्रिकेटका तीनवटै फर्म्याटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । जसमा उनले धेरै रन बनाएका छन् । उनी टी–२० र एकदिवसीयमा आईसीसीको वरियतामा शीर्ष स्थानमा छन् भने टेस्टमा पनि चौथो स्थानमा छन् । यस उत्कृष्ट फर्मका कारण बाबरलाई विराट कोहलीसँग तुलना गरिन्छ। बाबर आफैं पनि कोहलीको ब्याटिङ स्टाइल धेरै मन पराउँछन्।

कोहलीको खराब फर्म जारी छ

विराट कोहलीको इंग्ल्याण्ड भ्रमणमा फार्म निकै खराब रह्यो । कोहली क्रिकेटको तीनवटै ढाँचामा टोलीको हिस्सा रहे पनि उनको शीर्ष स्कोर मात्र २० रन रहेको छ। यसबाट कोहलीका लागि यो समय कति कठिन रह्यो भन्ने अनुमान गर्न सकिन्छ । चोटका कारण पहिलो एकदिवसीय क्रिकेटमा टिम बाहिर रहेका कोहली दोस्रो खेलमा २५ बलमा १६ रन बनाएर आउट भएका थिए । जसका कारण २४७ रनको सहज लक्ष्य पछ्याउँदै टोली भारत १४६ रनमा मात्रै अलआउट भयो । यो जितसँगै इंग्ल्याण्डले शृङ्खला १–१ को बराबरी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्