बाबर र फखरले फेरि नेदरल्याण्डका बलरको पसिना छोडाए

पाकिस्तानका कप्तान बाबर आजमले हिजो मंगलबार रोटरडममा खेलिएको पहिलो एकदिवसीय खेलमा नेदरल्यान्ड्सविरुद्ध ७४ रनको शानदार पारी खेले । पहिले सुस्त सुरुवात गरेर पछि पाकिस्तानका लागि बाबर र फखर जमानले १६८ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई ५० ओभरमा ३१४ रनमा पु¥याएका थिए । फखर जमानले १०९ रनको शतक बनाए भने बाबरले ६ चौका र एक छक्का…

पाकिस्तानका कप्तान बाबर आजमले हिजो मंगलबार रोटरडममा खेलिएको पहिलो एकदिवसीय खेलमा नेदरल्यान्ड्सविरुद्ध ७४ रनको शानदार पारी खेले । पहिले सुस्त सुरुवात गरेर पछि पाकिस्तानका लागि बाबर र फखर जमानले १६८ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई ५० ओभरमा ३१४ रनमा पु¥याएका थिए । फखर जमानले १०९ रनको शतक बनाए भने बाबरले ६ चौका र एक छक्का प्रहार गरे । नेदरल्याण्ड्सका बलर लोगान भान बीकले लयमा देखिएका बाबरलाई ७४ रनमा आउट गरे ।

तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

न्युजिल्यान्डका बलरहरूले सुरुमा पाकिस्तानी ब्याटिङलाई सुस्त बनाउन खोजेका थिए । पाकिस्तानले इमाम उल हकको रुपमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि बाबर र फखरले लामो साझेदारी गर्दै टोलीलाई बलियो स्थिति मा पुगाए ।

बाबरको विकेटसँगै यो साझेदारी पनि टुंगियो । उनको विकेट टम कुपरले लिए । यो दुई ओभरपछि जमान विकेटकिपर स्कट एडवर्ड्सले रनआउट भए । पाकिस्तानी ब्याट्सम्यानहरु ठूलो स्कोर तर्फ अग्रसर भएपनि न्युजिल्यान्डका आर्यन दत्त र टिम प्रिन्गलका बलरहरुले उनीहरुलाई समस्यामा पारे ।

पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१४ रन बनाएको थियो । जसमा आयोजक टोलीका बास डे लिडे र लोगान भान बेकले समान २–२ विकेट लिए ।

जसको जवाफमा नेदरल्यान्ड्सका विक्रमजीत सिंह (६५ रन), टम कुपर (६५ रन) र कप्तान स्कट एडवर्ड्स (अनटआउट ७१) ले ठूलो इनिङ्स खेलेर टोलीलाई जितको नजिक पुर्‍याए पनि सफलता हात पार्न सकेनन् । पाकिस्तानका लागि हरिस रउफ र नसिम शाहले ३–३ विकेट लिए । निर्धारित ५० ओभरमा नेदरल्यान्ड्सले ८ विकेट गुमाएर २९८ रन मात्र जोड्न सकेको थियो ।

दुई टोलीबीचको तीन खेलको एकदिवसीय शृंखलाको दोस्रो खेल बिहीबार रोटरडममा हुनेछ ।

Similar Posts

Leave a Reply

Your email address will not be published.