T20 विश्वकप 2022: अक्टोबरमा सुरु हुने यस प्रतियोगितासँग सम्बन्धित मुख्य कुराहरू

आईसीसी टी–२० विश्वकप यसै वर्षको अक्टोबरमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल अक्टोबर १६ मा हुनेछ भने फाइनल खेल नोभेम्बर १३ मा हुनेछ । यो T20 विश्वकपसँग सम्बन्धित मुख्य कुराहरू जान्नुहोस्। T20 विश्वकप 2022 मा कति टोली सहभागी हुँदैछन्? प्रतियोगितामा कूल १६ टोलीको सहभागिता रहेको छ । पूरै प्रतियोगितालाई समूह चरण र सुपर–१२ मा विभाजन…

आईसीसी टी–२० विश्वकप यसै वर्षको अक्टोबरमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल अक्टोबर १६ मा हुनेछ भने फाइनल खेल नोभेम्बर १३ मा हुनेछ । यो T20 विश्वकपसँग सम्बन्धित मुख्य कुराहरू जान्नुहोस्।

T20 विश्वकप 2022 मा कति टोली सहभागी हुँदैछन्?

प्रतियोगितामा कूल १६ टोलीको सहभागिता रहेको छ । पूरै प्रतियोगितालाई समूह चरण र सुपर–१२ मा विभाजन गरिएको छ। पहिले समूह चरण यस राउण्डमा दुई समूह बनाइएको छ ।

समूह ए मा श्रीलंका, नामिबिया र दुई छनोट टोली छन् । अर्कोतर्फ, वेस्ट इन्डिज, स्कटल्याण्ड र दुई छनोट टोली समूह बी मा छन्। यी दुवै समूहको शीर्ष २ टोलीले सुपर–१२ मा खेल्ने मौका पाउनेछन् ।

सुपर–१२ चरण– प्रतियोगिताको सुपर–१२ चरणमा ८ टोलीले यसअघि नै आफ्नो स्थान बनाइसकेका छन् । यी हुन् २०२१ को T20 विश्वकपको शीर्ष-8 टोली।

यी टोलीहरू इङ्ल्यान्ड, न्यूजिल्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेश हुन्।

अब सुपर–१२ मा यी ८ टोलीबाहेक समूह ‘ए’ र समूह ‘बी’ का शीर्ष–२ पनि पर्नेछ । सुपर–१२ दुई समूहमा विभाजन गरिएको छ ।

  • समूह–१ मा इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, अफगानिस्तान, समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता हुनेछन् ।
  • समूह–२ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता हुनेछन् ।

T20 विश्वकप 2022 कहाँ हुँदैछ?

यो प्रतियोगिता अष्ट्रेलियामा हुनेछ । प्रतियोगिताका खेलहरू अष्ट्रेलियाका कुल सात स्थानमा हुनेछन् । पहिलो चरणका ६ खेल जिलङ सहरको कार्डिनिया पार्कमा हुनेछन् । यससँगै बोबर्टको बेलेरिभ ओभलमा कुल नौ खेल खेलिनेछन् जसमध्ये पहिलो राउण्डका ६ र सुपर १२ चरणका तीन खेल हुनेछन् ।

यसबाहेक सुपर १२ का बाँकी खेलहरू यी स्टेडियमहरूमा खेलाइने छन्:

  • गाब्बा, ब्रिस्बेन
  • पर्थ स्टेडियम, पर्थ
  • एडिलेड ओभल, एडिलेड
  • सिड्नी क्रिकेट मैदान, सिड्नी
  • मेलबर्न क्रिकेट मैदान, मेलबर्न

T20 विश्वकप 2022 मा सुपर-12 खेलहरू कहिले सुरु हुनेछ?

प्रतियोगिताको पहिलो खेल अक्टोबर १६ मा श्रीलंका र नामिबियाबीच हुनेछ । यो समूह चरणको खेल हो । सुपर–१२ का खेलहरु अक्टोबर २२ बाट सुरु हुनेछन् ।

पहिलो खेल न्युजिल्यान्ड र अष्ट्रेलियाबीच हुनेछ । यो खेल सिड्नी क्रिकेट मैदानमा हुनेछ । यी दुवै टोली सन् २०२१ को विश्वकपको फाइनलमा आमनेसामने भएका थिए । अक्टोबर २२ मा दोस्रो खेल इङ्ल्यान्ड र अफगानिस्तानबीच हुनेछ ।

T20 विश्वकप 2022 को सेमिफाइनल र फाइनल कहिले खेलिनेछ?

पहिलो सेमिफाइनल नोभेम्बर ९ मा सिड्नी क्रिकेट मैदानमा हुनेछ । दोस्रो सेमिफाइनल नोभेम्बर १० मा एडिलेड ओभलमा हुनेछ। टी–२० विश्वकप २०२२ को फाइनल खेल नोभेम्बर १३ मा मेलबर्न क्रिकेट मैदानमा हुनेछ र यस खेलमा विजेता देश क्रिकेट टी–२० विश्वकपको नयाँ च्याम्पियन बन्नेछ ।

Similar Posts

Leave a Reply

Your email address will not be published.