नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नका लागि क्रिकेट एशोसिएसन अफ नेपाल ( क्यान् ) लाई ६० वटा निवदेन प्रप्त भएका छन । यो जानकारी क्यान ले आफ्नो फेसबुक र ट्वीरमार्फत दिएको छ ।

नेपाली टिमका पुर्व मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजका बेला राजिनामा दिए पछि क्यान ले नेपाली टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खोलेको थियो ।

मुख्य प्रशिक्षक को लागि निवेदन दिनका लागि ३१ अक्टोबरसम्मको समय तोकिएको थियो । प्रशिक्षकको लागि पुर्ण कालिन समयका लागि हुनुपर्ने, इसीबी, सिए लेभर थ्री गरेको हुनुपर्ने, कम्तिमा पाँच बर्ष फुल मेम्बर, पहिलो श्रेणी र आइसीसी एसोसियट टिम मध्ये एकमा प्रशिक्षण गरेको अनुभव हुनुपर्ने सर्त राखेको थियो । 

नेपालका पुर्व प्रशिक्षक देभ ह्वाटमोर ले आठ महिनामा नै नेपाल छोडेर भारतको बडोरा क्रिकेट संघमा क्रिकेट हेड पदमा जोडिएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *