मनोज प्रभाकर नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

पुबुद दासनाइके ले अचानक प्रशिक्षक बाट राजीनामा दिएपछि प्रशिक्षक विहीन रहेको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ । पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनेका छन् । अब उनी नेपाली खेलाडीलाई मार्गदर्शन गर्दै देखिनेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार मनोज प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त…

पुबुद दासनाइके ले अचानक प्रशिक्षक बाट राजीनामा दिएपछि प्रशिक्षक विहीन रहेको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले नयाँ प्रशिक्षक पाएको छ ।

पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक बनेका छन् । अब उनी नेपाली खेलाडीलाई मार्गदर्शन गर्दै देखिनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार मनोज प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । भारतका यी पूर्व अलराउन्डरसँग कोचिङ क्षेत्रमा धेरै अनुभव छ। उनीसंग यसअघि भारतका विभिन्न रणजी टोलीको प्रशिक्षक रहेको अनुभव छ ।

नेपाल क्रिकेट संघले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा ५९ वर्षीय मनोज प्रभाकरलाई प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो । ट्विटमा लेखिएको छ ।

भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ ।

क्यान को ट्विटर को अंश

प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। प्रशिक्षकका रूपमा उनीसँग दिल्ली, राजस्थान र यूपी रणजी टोलीका साथै अफगानिस्तान क्रिकेट टोलीसँग काम गरेको अनुभव छ।

प्रभाकरले १९८० र १९९० को दशकमा ३९ टेस्ट र १३० एकदिवसीय खेलमा भारतको प्रतिनिधित्व गरेका थिए। उनले टेस्टमा ९६ र एकदिवसीयमा १५७ विकेट लिएका छन् भने दुवै फर्म्याटमा ३ हजार ४५८ रन बनाएका छन् ।

क्रिकेटबाट सन्यास लिएपछि मनोजले सुरुमा राजस्थानको मुख्य प्रशिक्षकको पदमा काम गरे र त्यसपछि दिल्लीका लागि बलिङ प्रशिक्षकको रूपमा काम गरे। उनी घरेलु क्रिकेटमा दिल्लीबाट खेल्थे ।

Similar Posts

Leave a Reply

Your email address will not be published.