इन्जमाम उल हक पाकिस्तान क्रिकेट टीमका पुर्ब कप्तान

पाकिस्तानका पूर्व कप्तान इन्जमाम उल हकले पाकिस्तानी टोलीका कप्तान बाबर आजम प्राविधिक रूपमा भारतीय टोलीका कप्तान विराट कोहलीभन्दा उत्कृष्ट रहेको बताएका छन् ।

इन्जमामका अनुसार बाबर आजम आगामी दिनमा ब्याटिङका धेरै कीर्तिमान आफ्नो नाममा बनाउन सक्नेछन् । टी २० विश्वकपमा भारत पाकिस्तानको खेल हुनुअघि इन्जमाम उल हकले जियो न्युजसँगको अन्तर्वार्तामा यी कुराहरु भनेका थिए ।

उनले भने, ‘मलाई उहाँ (बाबर आजम) को मनपर्ने सबैभन्दा राम्रो कुरा यो हो कि उनीसँग रन बनाउने भोक र हरेक पटक ठूलो स्कोर गर्ने उत्सुकता छ। यस्तो भोक मैले अरू कुनै खेलाडीमा देखेको छैन। उनको अर्को सकारात्मक कुरा यो हो कि उ सधैं खेलमा ध्यान केन्द्रित गर्छ । मलाई लाग्छ उसले धेरै क्रिकेट कीर्तिमान हरु तोड्ने छ।

बाबर र कोहली को तुलना

बाबर आजम र विराट कोहलीको तुलनाको बारेमा सोध्दा इन्जमामले दुवै खेलाडीको आ–आफ्नै विशेषता, ब्याटिङ गर्ने र रन बनाउने शैली रहेको बताए । तर, उनले बाबर आजमको प्रशंसा गर्दै भने, “यदि तपाइँ बाबरले अहिलेसम्म खेलेको प्रदर्शन र क्रिकेटलाई हेर्नुभयो र कोहलीको पहिलो केहि बर्षहरु संग तुलना गर्नुहोस्, बाबर अलि अगाडी देखिन्छ।”

यद्यपि, उनले भारतका लागि विराट कोहलीको प्रदर्शनमा कुनै प्रश्न उठाउन नसकिने बताए। दुवै उत्कृष्ट खेलाडी हुन् ।

इन्जमामका अनुसार, बाबरको सबैभन्दा राम्रो प्रदर्शन आउन बाँकी छ र उनी अझै शिखरमा पुगेका छैनन्। एक ब्याट्सम्यानको उत्कृष्ठ प्रदर्शन तब आउँछ जब उनी ३० पार गर्दछन् र त्यसपछि उनी आफ्नो सर्वश्रेष्ठ प्रदर्शन देखाउँछन्। बाबरले अझै ३० वर्ष पार गरेका छैनन् र उनले धेरै उपलब्धि हासिल गरिसकेका छन् ।

उनले भने कि भारत-पाकिस्तान खेल को दबाब विराट कोहली मा अलि बढी हुनेछ।

इन्जमामले यसको कारण भनेका छन्, यो कप्तानको रूपमा कोहलीको अन्तिम प्रतियोगिता हो र दोस्रो, उनले विगत दुई वर्षदेखि कुनै ठूलो इनिङ खेलेका छैनन् । तर, उनले भने कि भारत पाकिस्तान म्याचको कारण दुबै कप्तानमा दबाब हुनेछ।

Leave a comment

Your email address will not be published. Required fields are marked *