पाकिस्तान क्रिकेट बोर्ड PCB ले दश पाकिस्तानी क्रिकेटरको कोरोना रिपोर्ट पोजेटिव बताएको एक दिन पाछि क्रिकेटर मोहम्मद हाफिजले उनको रिपोर्ट नेगेटिव आएको बताएका छन ।

पाकिस्तान क्रिकेट बोर्ड को नियम अनुसार अर्को ल्याबमा हाफिजले ब्यक्तिगत रुपमा गराएको टेस्टमा रिपोर्ट नेगटिव आएको बताएका छन ।

हाफिजले त्यो जानकारी ट्विटरमा शेयर गरेका छन ।

इंग्लैण्ड जाने २९ सदस्यीय क्रिकेट टोलीको कोभिड १९ टेस्टमा १० पाकिस्तानी खेलाडी कोरोना पोजेटिव भेट्टीएका थिए । दश कोरोना पोजिटिव खेलाडीहरुमा मोहम्मद हाफिज पनि एक हुन ।

पहिले गरिएको कोभिड टेस्ट शौकत खानुम ल्याबमा गरिएको हो । त्यो टेस्टमा १० खेलाडी हरुमा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । तर हाफिजले एक दिन पछि चुगताई ल्याब लाहोर मा पुनः टेस्ट गराएका थिए जसमा उनको कोरोना रिपोर्ट नेगेटिव आएको हो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *