टी–२० विश्वकपको १७ औं खेल अफगानिस्तान र स्कटल्याण्डबीच भयाे । अफगानिस्तानमा हालै तालिबानले कब्जा जमाएको छ । त्यसैले त्यहाँको अवस्था सामान्य छैन । यस्ताे अवस्थाका बाबजुद पनि अफगानिस्तानको टोली मैदानमा आयो र आफ्नो देशको प्रतिनिधित्व गर्‍यो।

अफगानिस्तान र स्कटल्याण्डबीचको खेलअघि मैदानमा यस्तो भयो जसले जो कोहीलाई पनि भावुक बनाउला । तालिबानले कब्जा गरेको अफगानिस्तानको टोलीले आफ्नो राष्ट्रिय गान गायो र आफ्नो देशको झण्डा फहरायो। राष्ट्रिय गान गाउँदै गर्दा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले आफ्नो भावनालाई नियन्त्रण गर्न नसकेर रोए ।

भिडिओ हेर्नुहोस

अफगानिस्तान का अन्य खेलाडी पनि निकै भावुक देखिन्थे । भिडियोमा मोहम्मद नाबी आफ्नो आँसु पुछिरहेको स्पष्ट देख्न सकिन्छ । अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह साहेलले यो भिडियो रिट्वीट गरेका छन् । यो भिडियो ट्वीट गर्दै सालेहले लेखेका छन्, ‘म हाम्रा क्रिकेट नायकहरूको साहस र हाम्रो राष्ट्रिय मूल्यमान्यताप्रतिको समर्पणलाई सलाम गर्छु।

Leave a comment

Your email address will not be published. Required fields are marked *