इगल्यान्डका विरुद्ध १९९३ एशेज सीरीजमा ४ जून को दिन शेन वार्न फलेकोले एउटा बल लाई अफ द सेन्चुरी भनिन्छ ।

१९९२ मा भारत बिरुद्ध सिडनीबाट टेस्ट खेल्न सुरु गरेका शेन वार्न अन्तरराष्ट्रीय क्रिकेटमा एक बर्ष पुराना खेलाडी थिए । शेन वार्नले १९९३ एशेजमा जो बल फाले त्यस्तो बल अहिलेसम्म कसैले पनि गर्न सकेका छैनन । त्यस्तो वल आफै शेन वार्न ले पनि दोश्रो पटक गर्न सकेनन ।

वार्न त्यस समय नयाँ वलर थिए , ऊनि संग अन्तरराष्ट्रीय क्रिकेट को धेरै अनुभव थिएन तर उनको बललाई घुमाउने कलाको कारण विश्व क्रिकेटमा उनलाई भविष्यका ठुला खेलाडीको रुपमा देखेको थियो ।

इगल्यान्ड संगको १९९३ एशेज भन्दा पहिले वार्न संग ११ टेस्टको अनुभव थियो । त्यो खेल भन्दा पहिले वेस्ट इंडीज बिरुद्ध ७२ रन दिएर ७ विकेट उनको टेस्टमा उत्कृष्ट प्रदर्शन थियो ।

यस्तो थियो अफ द सेन्चुरी

एशेज १९९३ को पहिलो खेल ३ जून देखी मेनचेस्टरमा सुरु भयो । अस्ट्रेलियाले पहिलो पारिम २८९ रन बनायो ।

इगल्यान्डका ब्याट्समेन अथर्टन र गुचले राम्रो सुरुआत गरेका थिए । अथर्टन आउट भएपछि अस्ट्रेलियाका कप्तान एलन बर्डरले वार्नलाई बलिङ आक्रमणमा लगाए । क्रीजमा ब्याट्सम्यान माइक गेटिंग आएका थिए। गेटिंगले कहिल्यै सोचेका थिएनन् उनको क्रिकेट जीवनको अन्तिम चरण यस्तो हुनेछ र वार्नले सदाको लागि इतिहासमा राख्ने छन ।

वार्न को बलको टप्पा लेग स्टाम्पको धेरै बाहिर थियो, तर टप्पा पछि बलले गेटिंगको अफ स्टाम्प लाई उड़ायो । उक्त टेस्टमा वार्न ले दुइटै पारिम चार – चार विकेट प्राप्त गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *