न्यूजीलैण्डले कोरोना भाइरस महामारीका कारण स्थगित ( आईपीएल ) इण्डियन प्रीमियर लीग आयोजना आफ्नो देशमा गराउने प्रस्ताव राखेको छ । यो भन्दा पहिले यूएई र श्रीलंकाले पनि आईपीएल आयोजना गर्ने प्रस्ताव राखेका थिए ।

यसै बर्ष ओक्टोबर र नोवेम्बरमा अस्ट्रेलिया हुने टी-२० विश्वकप स्थगित हुने निश्चित मानिएको छ । यदि टी-२० विश्वकप रद्द भए त्यो समय आईपीएल हुने संभावना बढेको छ ।

भारतीय क्रिकेट कंट्रोल बोर्ड (बीसीसीआई) को सेप्टेम्बर देखी नोवेम्बरको बीचमा आईपीएल आयोजना गर्ने योजना छ । बीसीसीआई सम्भव भएसम्म आईपीएल भारतमानै गर्ने छ । तर भारतमा बढ्दो कोरोना सङ्क्रमणका कारण यसको सम्भावना न्यून छ ।

भारत अहिले अमेरिका र ब्राजील पछि सबैभन्दा धेरै कोरोना सङ्क्रमण फैलिएको देश हो ।

बीसीसीआई खेलाडीको सुरक्षा, कोरोनाको अवस्था र टी २० विश्वकपको अवस्था हेरेर यसमा निर्णय गर्ने भारतीय सञ्चार माध्यमले लेखेका छन ।

सन २००९ मा भारतमा आम चुनावका कारण आईपीएल दक्षिण अफ्रीका मा भएको थियो र २०१४ मा पनि केहि खेलहरु यूएईमा भएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *