को को खेलाडी देखिने छैनन् पीएम कप ? पारसले दुई खेल खेल्ने

काठमाडौं । कुनै पनि देशको क्रिकेट विकास गर्न र राष्ट्रिय टिम बलियो बनाउने आधार घरेलु प्रतियोगिता र यसको संरचना नै हो । राष्ट्रिय टिममा स्थान बनाउनका लागि घरेलु प्रतियोगिताहरुमा राम्रो गर्नुपर्ने हुन्छ ।

त्यसैले राष्ट्रिय प्रतियोगिता खेल्नका लागि खेलाडीहरु उत्साहित पनि हुन्छन् । नयाँ प्रतिभाको लागि यो राम्रो अवसर समेत बन्न सक्छ ।