भारत - समाज - माघ २७, २०७६

सुदूरपश्चिमेली नेपाली समाज-भारत हरियाणा राज्य समितिले मानायो वार्षिकोत्सव

सुदूरपश्चिमेली नेपाली समाज-भारत हरियाणा राज्य समितिले भारतमा सुदूरपश्चिमेली नेपाली समाज-भारतको स्थापनाको तृतीय वार्षिकोत्सव मनाएको छ।

महिला नेत्री पुर्व पर्यटन मन्त्री समाजबादी पार्टीकी उपाध्यक्ष हिसीला यमी प्रमुख अथिती रहेको उक्त कार्यक्रम सुदूरपश्चिमेली नेपाली समाज-भारत तेस्रो बर्षमा प्रबेश गरेको अवसरमा केक काटेर मनाइएको थियो ।

सुदूरपश्चिमेली नेपाली समाज-भारत हरियाणा राज्यका अध्यक्ष राजेन्द्र प्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम लाई सुदूरपश्चिमेली नेपाली समाज-भारतका केन्द्रीय उपाध्यक्ष सन्तोष भट्टले सन्चालन गरेका थिए।

उक्त कार्यक्रममा समाजको अार्थिक लेखाजोखा र समाजले गरेका कामका बारेमा सचिब डम्बर भण्डारीले जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै विभिन्न संघ संस्थाका ब्यक्तिहरुले अा-अाफ्नो बिचार राखेका थिए।

साथै कार्यक्रम बोल्दै महिला नेत्री यमीले अाफ्नो हकहीत र मानव बेचबिखनका बिरुद्ध सबै प्रबासी एक हुनुपर्ने बताइन । साथ नेपाल संघियता अभ्यास गरिरहेको र अाफ्नो हक हितकोको लागि नेपालमा ७ राज्य मात्र नभएर अरु जन्मने तर्क गरिन् उनले भारतको उत्तराखंड राज्य उदाहरण दिदै युपी बाट अाफु छुट्टिएर उत्तराखंडले भारतकै कृषीमा १ नम्बर अाएको बताइन् । भारतमा १४ राज्यबाट अहिले २९ राज्य बनीसकेको भारतले अार्थिक भौतिक विकासमा फड्को मारेको बताइन उनले बिद्यार्थी जीवन सम्झेर भनिन त्यस समयको दिल्ली र अहिलेको दिल्लीमा धेरै फरक देखेको बताइन। उनले थपिन सुदूरपश्चिम अलगै भेषभुषा खानापान र रितिरिवाज को राज्य भएको बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *