काठमाडौको सीतापाइलामा बिहीबार साँझ युवती माथि एसिड प्रहार भएको छ ।

२२ वर्षीया पवित्रा कार्कीलाई एसिड प्रहार भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। साँझको समयमा दही किन्न निस्किएकी ओखलढुंगाकी उनलाई अज्ञात व्यक्तिले एसिड प्रहार गरी फरार भएका थिए।

पीडित युवतीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ। काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले अस्पताल पुगेर युवतीको अवस्थाबारे बुझेका छन्।

एसिडले युवतीको अनुहार हातमा जलन भएको छ। एसिड प्रहार गर्नेको पहिचान खुल्न सकेको छैन। खोजी भइरहेको प्रहरीले जनाएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *