असार १५ ( धान दिवस ) रोपाइँमा सरिक हुने वा नहुुने सबैले दही चिउरा खाएर असार १५ मनाउँदै छन् ।

सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ ।

मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *