चाणक्य नीति: सफल जीवनको लागि जान्नुपर्ने १६ चाणक्य नीति-वचन

१. दुष्ट व्यक्तिको चिल्लो कुरामा कहिल्यै भरोसा नगर्नु क्नाकी उसले जति नै राम्रो कुरा गरे पनि आफ्नो मूल स्वाभाव भुल्न सक्दैन जसरी सिंहले सिकार गर्ने स्वाभाग भुल्न सक्दैन । २. फुलको सुगन्ध एक दिशामा मात्र फैलन्छ तर मानिसको राम्रो कामको सुगन्ध हरेक दिशामा फैलन्छ । ३. आफ्नो सन्तानलाई सम्पति दिएँन भने उ केही बेर मात्र…

१. दुष्ट व्यक्तिको चिल्लो कुरामा कहिल्यै भरोसा नगर्नु क्नाकी उसले जति नै राम्रो कुरा गरे पनि आफ्नो मूल स्वाभाव भुल्न सक्दैन जसरी सिंहले सिकार गर्ने स्वाभाग भुल्न सक्दैन ।

२. फुलको सुगन्ध एक दिशामा मात्र फैलन्छ तर मानिसको राम्रो कामको सुगन्ध हरेक दिशामा फैलन्छ ।

३. आफ्नो सन्तानलाई सम्पति दिएँन भने उ केही बेर मात्र रुनेछ, तर यदि संस्कार दिइएन भने उ जिन्गदिभर रुनेछ ।

४. तिमीले राजनीतिमा हिस्सा नलिनुको सबैभन्दा ठूलो दण्ड यहि हुन्छ कि कुनै अयोग्य व्यक्तिले तिमीमाथि सासन गर्नेछ ।

५. मलाई त्यो सम्पतिको आवश्यकता पर्ने छैन जसलाई पाउनको निम्ति मैले कठोर यातना सहनु पर्ने हुनेछ, या आफ्नो सदाचारलाई लिलाम गर्नुपर्ने हुनेछ वा शत्रुको चाप्लुसी गर्नु पर्ने हुनेछ ।

६. जो संग धैर्य छैन उसको न वर्तमान हुन्छ न भविष्य नै ।

७. कुवामा पानि झिक्न हालिएको बाल्टी निहुरिने गर्दछ यसैले त आफुभारी पानि तान्न सक्छ जीवनमा पनि यहि गणित लागु हुन्छ- जो व्यक्ति झुक्न सक्छ उसले नै प्राप्त गर्न सक्दछ ।

८. सफल हुन्को निम्ति वफादार मित्रको आवश्यकता पर्दछ तर अझै सफल हुनको निम्ति उस्तै शत्रुको आवश्यकता पर्दछ ।

९. जो मान्छे आफ्नो रहस्य र अर्काको रहस्य आफु भित्र नै राख्न सक्छ यस्तो व्यक्तिलाई अरुको अघि झुक्नु आवश्यकता पर्दैन ।

१०. अरुको गल्तीबाट सिक्ने गर किनकि तिमीसंग आफ्नै गल्तिद्वारा सिक्नको निम्ति निकै कम समय छ ।

११. जो वक्ति आफूसंग त्यो तागत नहुदा नहुदै पनि मन देखि हार मान्न इन्कार गर्दछ त्यो व्यक्तिलाई दुनियाको कुनै शक्तिले हराउन सक्दैन ।

१२. विद्वानहरुको माझमा अनपढ उसरी नै अपमानित ह्हुन्छ जसरी हाँसको बिचमा बकुल्ला ।

१३. जबसम्म शत्रुको कमजोरी पत्ता लाग्दैन तबसम्म उसंग मित्रवत व्यावहार देखाउनु पर्ने हुन्छ ।

१४. शिक्षा नै मानिसको वास्तविक साथि हो । शिक्षित व्यक्ति जताततै सम्मानित हुन्छन । शिक्षाले नै सुन्दरता र जवानीलाई माथ दिन सक्छ ।

१५. कदम, कसम र कलम सधै विचार पुर्याएर उठाउनु पर्दछ ।

१६. भगवान साक्षात रुपमा प्रकट हुदैनन्, तिम्रो असल भावना न तिम्रो भगवान हो र तिम्रो आत्मा मन्दिर ।

Similar Posts

Leave a Reply

Your email address will not be published.