नदीमा ६०० वर्ष पुराना मूर्ति भेट्टियो, कमलको आसनमा बसेका देखिए भगवान

चीनमा ठूलो खडेरी परेको छ । ५० भन्दा बढी खोला सुकिसकेका छन् । कृत्रिम वर्षा गराउने चर्चा पनि छ । यी सबैको बीचमा खडेरीका कारण खोला भित्रबाट ६ सय वर्ष पुराना तीन वटा मूर्ति निस्किएका छन् । यी मूर्तिहरू भगवान बुद्धका हुन्। राज्य मिडिया जिन्हुआको रिपोर्ट अनुसार याङ्त्जे नदी सुक्दै गएको छ। जसका कारण पहिले…

चीनमा ठूलो खडेरी परेको छ । ५० भन्दा बढी खोला सुकिसकेका छन् । कृत्रिम वर्षा गराउने चर्चा पनि छ । यी सबैको बीचमा खडेरीका कारण खोला भित्रबाट ६ सय वर्ष पुराना तीन वटा मूर्ति निस्किएका छन् । यी मूर्तिहरू भगवान बुद्धका हुन्।

राज्य मिडिया जिन्हुआको रिपोर्ट अनुसार याङ्त्जे नदी सुक्दै गएको छ। जसका कारण पहिले डुबेको चीनको दक्षिणपश्चिमी सहर चोङकिङको एउटा टापु अहिले पानीबाट बाहिर आएको छ ।

यससँगै भगवान बुद्धका तीन वटा मुर्ति पनि सार्वजनिक भएको छ । यी तीन मूर्तिहरू टापुको शीर्ष चट्टानहरूमा अवस्थित थिए। यस टापुको नाम फोलियाङ हो। मिङ र छिङ साम्राज्यको समयमा बनाइएका मूर्तिहरूको बारेमा बताइन्छ। यी मध्ये एक मूर्तिमा भगवान बुद्ध कमलको आसनमा बसेको देखिन्छ।

चीनको दक्षिणपश्चिमी क्षेत्रमा खडेरीका कारण याङजी नदीको पानीको सतह तीव्र गतिमा घटिरहेको छ । जुलाईदेखि, याङ्त्जे बेसिनमा सामान्य भन्दा ४५ प्रतिशत कम वर्षा भएको छ। सरकारी प्रक्षेपण अनुसार कडा गर्मी अर्को सातासम्म जारी रहने छ ।

चीनको टीवी चेनल CCTV ले अगस्ट १९ मा चोङकिङका ३४ जिल्लाबाट जाने ६६ नदीहरू सुकेको रिपोर्ट गरेको थियो। जसका कारण देशमा विद्युत उत्पादन पनि ठप्प भएको छ । किनभने जलविद्युत बाँध पनि सुकिसकेका छन् । जसका कारण धेरै ढुवानी कम्पनीले पनि आफ्नो काम बन्द गर्नु परेको छ । चीनमा पछिल्लो ७० दिनदेखि भीषण गर्मीको लहर चलिरहेको छ । त्यसैले अहिले कृत्रिम वर्षा गराउन चिनियाँ अधिकारीलाई दबाब दिइरहेको छ । चीनमा पछिल्लो १२ दिनदेखि तापक्रम ४० डिग्री पुग्ने चेतावनी दिइँदै आएको छ र यसका लागि लगातार रेड अलर्ट जारी गरिएको छ ।

प्रतिवेदनका अनुसार सन् २०२१ को तुलनामा यस वर्ष वर्षा ८० प्रतिशतले घटेको छ । जसका कारण जंगलमा आगलागीका घटना बढ्दै गएको जनाइएको छ । पछिल्लो १० दिनमा मात्रै चोङकिङ र सिचुवानको जंगलमा आगलागीका १९ घटना भएका छन् । – एजेन्सी

Similar Posts

Leave a Reply

Your email address will not be published.